गैर जिम्मेवार एसकेएम सरकारका कारण सिक्किमको भविष्य अन्धकार बन्दैछः के.टी. ग्याल्छेन

n5919077781710512084658696a8a15c2673628d657d3b532bef9c9ad0bfb46aa25b798ba51b8b8770acdea.jpg

गान्तोक: गान्तोक जिल्लाअन्तर्गत २८ अप्पर बुर्तुक समष्टिमा एसडीएफ पार्टीको क्षेत्रस्तरीय कार्यालय सिच्चे बर पिपल गाउॅंमा आज उद्घाटन गरियो। कार्यालयको उद्घाटन पार्टीका वरिष्ठ उपाध्यक्ष के.टी. ग्याल्छेनको बाहुलीबाट गरिएको जानकारी एसडीएफले आज जारी एक प्रेस विज्ञप्तिमा गराएको छ।

मुख्य अतिथि ग्याल्छेनले उद्घाटन समारोहमा आफ्नो सम्बोधनमा चुनाउ मिति घोषणा हुने समय आइसकेको छ भन्दै एसडीएफ पार्टी यस चुनाउमा सजकतापूर्वक भाग लिनगइरहेको कुरा बताए। उनले भने, ‘राजनीति केवल खोक्रो नाराको भरमा गरिने विषय होइन, यसका लागि नीति, सिद्धान्त, नेतृत्व र दर्शन अनिवार्य हुन्छ। राजनीति व्यक्तिवादको शिकार हुनु हुँदैन र हामीले त्यसो हुन दिएनौँ। हामी व्यक्तिवादी राजनीति गर्दैनौँ। हामी समग्र जनताको मुक्तिका लागि राजनीति गर्छौँ।’

एसकेएमले परिवर्तनको खोक्रो नाराकै भरमा जनतालाई अल्मलाएर सरकारसम्म त पुग्यो तर तिनीहरूले जन आकांक्षा अनुरूप काम गर्न सकेनन् भने। एसकेएमले सिक्किमलाई बर्वाद बनाएको र सिक्किमेको भविष्य चकनाचुर पारेको उनले आरोप लगाए। ग्याल्छेनले भने, ‘परिवर्तन केवल शाब्दिक नारामा सीमित नराखेर एसडीएफले सिक्किमको कायाकल्प बदलिदियो। एसडीएफले यसरी सिक्किमकै कायाकल्प गर्नसक्नुले एसडीएफसित नीति, सिद्धान्त, कार्यक्रम, विचार, योजना, दर्शन र नेतृत्व छ भन्ने कुराको पुष्टि गर्छ।’

उनले भने, ‘सिक्किम किन बचाउने? के बचाउने? भन्छन् हाम्रा विरोधीहरू। सिक्किममा हामीले पाएका सबै विषेश अधिकारहरू र सिक्किमे हुनुको पहिचान तरलीकृत भइसकेको छ। गैर जिम्मेवार सरकार रहेको कारण यो सब भइरहेको छ। सिक्किमेको भविष्य अन्धकार छ। डावाँडोल छ। एनआरसी, सीएए, ओएनओआरसी, फिनान्स एक्ट २०२३ र रेजिस्ट्रेशन अफ् डेथ एन्ड बर्थजस्ता केन्द्रिय कानूहरू केही नसोची विस्तार गरिनाले सिक्किमे पहिचानै विलाइसकेको छ। यही सब हुनबाट सिक्किमलाई बचाउनु छ।’

About Author

Advertisement