फेवा नव वर्ष महोत्सवमा २० प्रतिशत सम्म छुट

Photos

पोखरा: होटल संघ पोखरा नेपालले १९औं फेवा नव बर्ष महोत्सवको तयारी अगाडि बढाएको छ। यही ११ अप्रेल (चैत २९ गते)देखि आगामी १४ अप्रेल (वैशाख १ गते)सम्म लेकसाइड स्थित स्ट्रिट  नम्बर १ देखि हल्लन चोकसम्मको सडकमा यो महोत्सव आयोजना हुँदैछ। पोखरालाई पर्यटकीय राजधानी घोषणासँगै नेपाली नयाँ बर्षको अवसरमा संघ अन्तर्गतका सदस्य होटलले आफ्नो प्रकाशित दररेटमा २० प्रतिशतसम्म छुटको घोषणा गरिएको १९औं फेवा नव बर्ष महोत्सवका संयोजक एवं संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। यही १७ मार्च (चैत ४ गते) पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने तयारी अगाडि बढाइएको छ। यही खुशीमा नयाँ वर्षमा पर्यटकलाई होटलका कोठामा छुटको घोषणा गरिएको संयोजक सुवेदीले स्पष्ट पारे।

संघले विगत दुई दशक अघिदेखी नेपाली नयाँ वर्षको अवसरमा “पर्यटन, संस्कृति र खाना” भन्ने मूल नाराका साथ यो महोत्सव आयोजना गर्दै आइरहेको छ। अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि महोत्सवका माध्यमबाट उत्तिकै धुमधामका साथ मनाउने तयारी संघले अगाडी बढाएको हो। कोभिड-१९ पश्चात् पूर्ववत् अवस्थामा फर्कन नसकेको होटल तथा पर्यटन क्षेत्रलाई चलायमान बनाउँदै  महोत्सवका माध्यमबाट पोखरालाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचारप्रसार गरी गण्डकी प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उदेश्य महोत्सवले लिएको छ। महोत्सवका माध्यमबाट गण्डकी प्रदेशको जातीय भेषभुषा, रहनसहन, खानपान, सांस्कृतिक पक्षहरुको उजागर गर्दै प्राकृतिक सम्पदाहरुको संरक्षण गर्न समेत पहल गरिने संघका महासचिव एवं महोत्सवका प्रचार संयोजक राजेन्द्र ढकालले जानकारी दिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *