जिल्लापालले गरे आवश्यक सेवाको निम्ति पोस्टल ब्यालेटलाई लिएर सभा

IMG-20240314-WA0214.jpg

गान्तोक: गान्तोक जिल्लाका जिल्लापाल तुषार निखारेले आज आवश्यक सेवाको निम्ति पोस्टल ब्यालेटलाई लिएर एक सभा आयोजना गरे। सिच्छेस्थित जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भएको उक्त सभामा आवश्यक सेवाको निम्ति नौ वटा विभाग जस्तै स्वास्थ्य, ऊर्जा, अग्निशमन, पुलिस, ट्राफिक, सिक्किम राज्य जेल, नियन्त्रण कक्ष, मिल्क यूनियन र भारतीय चुनाउ आयोगद्वारा मान्यताप्राप्त मीडियाको नाम प्रस्ताव राखे।

जिल्लापालले तोकेको मतदान केन्द्रमा उपस्थित हुन नसक्ने अत्यावश्यक सेवामा कार्यरत व्यक्तिले आगामी चुनाउमा हुलाक मतपत्रबाट मतदान गर्न पाउने चुनाउ आचारसंहिता नियमावली १९६१ को भाग-३ क मा उल्लेख गरेको बताए। उनले ८० वर्षभन्दा माथिका व्यक्तिहरू र शारीरिकरूपमा असक्षम भएका बेन्चमार्क मतदाताहरूका लागि घरबाट नै मतदान गर्नसक्ने सुविधाबारे प्रकाश पारे।

उनले अत्यावश्यक सेवाका रूपमा वर्गीकृत व्यक्तिहरूका लागि स्थापना गरिने हुलाकी मतदान सुविधा केन्द्रहरू पनि उल्लेख गरे, जसलाई जिल्लागत रूपमा छुट्याइने जानकारी गराए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *