मंगन जिल्लाका प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर विशेष सत्र आयोजित

IMG-20240314-WA0217.jpg

गान्तोक: आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउलाई मध्यनजर राख्दै मंगन जिल्लाका जिल्लापालको पहलमा प्रिसाइडिङ र पोलिङ अधिकारीहरूलाई लिएर एक दिवसीय विशेष प्रशिक्षण कार्यक्रम आयोजना गरियो।

मंगन जिल्लाको जिल्ला प्रशासनिक केन्द्रमा आयोजित कार्यक्रमको देखरेख जिल्लापाल हेम कुमार छेत्री स्वयंले गरेका थिए। उनले प्रशिक्षण कार्यक्रम आयोजना गरिनुको मुख्य उद्देश्य प्रिसाइडिङ अधिकारीहरूले आफ्नो कर्तव्य कुशलतापूर्वक निर्वाह गर्न सकुन् भन्ने रहेको बताए।

उनले चुनाउको समयमा अधिकारीहरूबाट भूल नहोस् भन्दै आफ्नो कर्तव्यप्रति सचेत हुनुपर्ने विषयमा जोड दिए। जिल्लापालले आगामी दिनमा सम्पन्न हुने चुनाउ सम्बन्धित महत्वपूर्ण पक्षहरूबारेमा पनि जानकारी दिए।

यसै क्रममा जिल्लास्तरीय मास्टर ट्रेनर पाल्देन लाचुङपाले प्रशिक्षण कार्यक्रमको पहिलो सत्रमा पावर पोइन्ट प्रेजेन्टेसनको माध्यमद्वारा चुनाउ अघि, चुनाउको समयमा गरिने व्यवस्थापन, पोलिङ पार्टी, पोलिङ स्टेसन लगायत अन्यहरूबारे पोलिङ अधिकारीहरूको कर्तव्य र चुनाउ सकेपछिको पहलबारे अवगत गराए।

About Author

Advertisement