तेस्रो पूर्वोत्तर ओलम्पिकमा राज्यका १८० जनाले सहभागिता जनाउने

IMG-20240314-WA0213.jpg

गान्तोक: आगामी १८ मार्चदेखि २३ मार्चसम्म नागाल्याण्डको तीनवटा जिल्लामा आयोजना हुने तेस्रो पूर्वोत्तर ओलम्पिकमा सिक्किमको तयारीबारे विस्तृत जानकारी गराउँदै सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष लगायत अन्यले विस्तृत जानकारी गराए। सिक्किम ओलम्पिक एसोसिएशनका अध्यक्ष कुबेर भण्डारीले जानकारी गराए अनुसार पूर्वोत्तर ओलम्पिकमा जम्मा १८० जनाले भागीदारी बन्नेछन्। विशेष गरेर आर्चरीमा १२ जना पुरुष अनि ७ महिला, एथलेटिक्समा १८ पुरुष अनि २ महिला, ब्याडमिन्टनमा ५ पुरुष अनि ५ महिला, बास्केटबलमा १२ पुरुष १३ महिला, बक्सिङमा ११ पुरुष ८ महिला, पेन्केकसिलाटमा ४ पुरुष ३ महिला, टेबल टेनिसमा ४ पुरुष ४ महिला, टेक्वाण्डोमा ८ पुरुष ६ महिला, भल्लीबलमा १२ पुरुष, हुस्सुमा ७ पुरुष अनि २ महिला गरेर १५४ एथलेटिक्सहरूले यो ओलम्पिकमा भाग लिइरहेका छन् भने २६ जना अफिसियल्सहरू समावेश गरिएको छ। सिक्किमले १० वटा प्रतियोगितामा भाग लिनेछन्। यो कन्टिजेन्टको चिफ डीई मिसन बिधान वल्लभ सुब्बा अनि डेप्युटी चीफ डीई मिसन द्रोणाचार्य अवार्डी सन्ध्या गुरुङ रहेका छन्। यसका साथै ओलम्पिक एसोसिएशनको तर्फबाट टीम वर्गमा स्वर्ण विजेतालाई ४०, काँस्यलाई ३० अनि रजत मेडल विजेतालाई २० हजार रूपियाँ पुरस्कार प्रदान गरिने साथै व्यक्तिगत स्वर्ण विजेतालाई १५ हजार, काँस्य विजेतालाई १० हजार अनि रजत पदक विजेतालाई ५ हजार रूपियाँले पुरस्कृत गर्ने पनि अध्यक्ष भण्डारीले जानकारी गराए।

खेलको क्षेत्रमा राज्य सरकारले अहिले गरिरहेको विभिन्न कल्याणकारी कार्यहरूको निम्ति पनि उनले मुख्यमन्त्री प्रेमसिंह तामाङप्रति आभार व्यक्त गरे। खेलाड़ीहरूलाई निखार्नको निम्ति गाउँदेखि माथिल्लो स्तरसम्म पूर्वावधारहरूको निर्माण सरकारले गरेकोमा उनले खुशी व्यक्त गर्दै यसले खेलाड़ीहरूलाई धेरै प्रोत्साहन मिलेको बताए। राज्यपालले पनि सिक्किमे खेलाड़ीहरूलाई प्रोत्साहन दिनको निम्ति धेरै कार्य गरिरहेको उनले उल्लेख गरे। यसै क्रममा आज ओलम्पिक एसोसिएशनले पूर्वोत्तर ओलम्पिकमा सिक्किम कन्टिजेन्टले लगाउने जर्सी अनि अन्य किट्सको पनि लोकार्पण गरियो।

About Author

Advertisement