कराची: अष्ट्रेलियाका पूर्व अलराउण्डर शेन वाट्सनले अहिलेसम्म पाकिस्तान पुरुष क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्ने विषयमा अन्तिम फसेला लिएका छैनन् जबकि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी)-ले उनको फीसको मागलाई स्वीकार गरेको छ। बोर्डको सूत्रबाट थाहालागे अनुसार, वाट्सनले वार्षिक २० लाख डलर मागेका थिए। यो पाकिस्तानमा कुनै पनि विदेशी प्रशिक्षकको सर्वाधिक फीस हुनेछ। पाकिस्तानका पूर्व विदेशी प्रशिक्षक रिचर्ड पायबस, बब वूल्मर, ज्योफ लसन, डेव व्हाटमोर, ग्राण्ट ब्राडबर्न र मिकी अर्थरले पनि यति धेर रकमको फीस पाएका थिएनन्। पीसीबी सूत्रले बताएअनुसार, अष्ट्रेलियामा वाट्सनको परिवार छ। उनको अमेरिकी मेजर लीग क्रिकेटमा पनि अनुबन्ध रहेको छ। उनले समस्त विकल्पहरूमाथि विचार गरिरहेका छन् कारण बोर्ड उनले अधिकतम समय पाकिस्तानमा बिताएको अनि घरेलु स्तरमा खेलाड़ीहरू तयार गरेको हेर्न चाहन्छ। यसैकारण वाट्सनले अनुबन्धमा हस्ताक्षर गर्न समय लिइरहेका छन् कारण पीसीबी अनि कोचिंग स्टाफहरूमा लगातार फेरबदल भइरहेको छ। वाट्सन अहिले पाकिस्तान सुपर लीगमा क्वेटा ग्लेडिएटर्सका प्रशिक्षक हुन्। उनले इण्डियन प्रीमियर लीगमा पनि कोचिंग गरिसकेका छन् तर अन्तर्राष्ट्रिय स्तरमा उनीसँग कोचिंगको अनुभव छैन।