उर्फी जावेदले फिल्म खेल्दै

Urfi-Javed

मुम्बई: सामाजिक संजालदेखि भारतीय मिडियामा अन्तरंग पहिरन लगाएर निरन्तर जसो चर्चामा आइरहने उर्फी जावेदले फिल्म ‘लव, सेक्स और धोखा २’मार्फत बलिउडमा डेब्यू गर्ने भएकी छन्। इन्टरनेटको बढ्दो प्रयोग, प्रेम र सम्बन्धको झलकलाई प्रस्तुत गर्ने फिल्ममा सामाजिक संजालमा लोकप्रिय उर्फीलाई निर्माण पक्षले अनुबन्ध गरेको हो। यो फिल्ममा उर्फीको प्रवेश हुने भएपछि उनका फ्यान उत्साहित बनेका छन्। निर्माण पक्षले फिल्मको विषयवस्तु उर्फीको व्यक्तित्वसँग मेल खाने दाबी गरेको छ। बालाजी टेलिफिल्मस् र कल्ट मुभीजको व्यानरमा बन्ने फिल्ममा दिवाकर ब्यानर्जीको निर्देशन रहनेछ। यो फिल्म सन् २०२४ को अप्रेल १९ मा रिलिज हुनेछ। उर्फीले यसअघि ‘फेरों की हेरा फेरी’, ‘बेपनाह’, ‘डायन’, ‘ये रिश्ता क्या कहलाता है’, ‘बडे भैया’, ‘ऐ मेरे हमसफर’, ‘चन्द्र नन्दिनी’ र ‘मेरी दुर्गा’ जस्ता टेलिफिल्ममा अभिनय गरिसकेकी छन्।

About Author

Advertisement