कोलकातामा नेपाली साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

FB_IMG_1710317659778

कोलकाता:  भारतीय भाषा परिषद एवं भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च कोलकाताको संयुक्त आयोजनामा  १० मार्चमा भारतीय भाषा परिषद हलमा एक साहित्यिक तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो। कार्यक्रमको अध्यक्षता भारतीय भाषा परिषदकी अध्यक्ष वरिष्ठ साहित्यकार डा० कुसुम खेमानीले गरिन्। प्रमुख अतिथिमा कोलकाताको लागि नेपाली महावाणिज्यदूत इश्वरराज पौडेल, विषेश अतिथिमा साहित्य अकादेमीका सहायक संपादक क्षेत्रवासी नायक र भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताका अध्यक्ष खिमराज बराल मञ्चमा  बिराजमान थिए। डा० कुसुम खेमानीजीलाई खिमराज बरालजीले, नेपाली महावाणिज्यदूतलाई डा० कुसुम खेमानीले, क्षेत्रवासी नायकलाई खिमराज बरालले र खिमराज बरालजीलाई  केशव अधिकारी क्षेत्रीजीले फूल बुके दिएर स्वागत गरे।

अतिथिहरू जनकराज भट्ट, शम्भुनाथजी, संयुक्त नेपाली वेफेयर ट्रष्टका अध्यक्ष  केशव अधिकारी  छेत्री, संयुक्त नेपाली सेवा संघका महासचिव पुरन बहादुर बिष्ट, हाम्रो छहारीकी जेनेरल सेक्रेटरी श्रीमती स्वस्तिका छेत्री, श्रीमती देविका मोक्तान साथमा कविहरूलाई गुलाब फूल दिएर स्वागत गरिएको थियो। कार्यक्रम संचालन भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च,कोलकाताका महासचिव श्री टीकाराम गोपाल भित्रीकोटी र सुश्री आशा उपाध्याय बराल गरे। अध्यक्ष तथा मञ्चमा आसिन प्रमुख अतिथि, अतिथिगणद्वारा दीप प्रज्वलनको साथ कार्यक्रम उद्घाटन सम्पन्न भयो। भारत र नेपालको राष्ट्र गानको धुनमा सबै जनाले उठेर सम्मान व्यक्त गरे।

भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च,कोलकाताका अध्यक्ष खिमाराज बरालले स्वागत मन्तव्य राखे। डा०कुसुम खेमानीले आफ्नो मन्तव्यमा हिन्दी भाषा र नेपाली भाषा दुवै देवनागरी लिपीमा लेखिन्छ र दुवै भाषाका अधिकांश शब्द मिल्दाजुल्दा छन्। साहित्य र संस्कृति पनि एक अर्कोसँग मिल्दाजुल्दा छन्।   भाषा, साहित्यमा संयुक्त कार्य आगामी दिनमा हुनुपर्छ र हुन्छ। नेपाली महावाणिज्यदूत र सहायक सम्पादक साहित्य अकादेमीले आ-आफ्ना मन्तव्यमा कार्यक्रमको प्रशंसा गरे। डा० कुसुम खेमानी, इश्वरराज पौडेल, क्षेत्रवासी नायक, खिमराज बराल, प्रमुख सम्पादक नारायणप्रसाद होमगाई, सम्पादक राजु पाठक र टीकाराम गोपाल भित्रीकोटीद्वारा भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्च, कोलकाताद्वारा प्रकाशित नेपाली संगम नामक पंचम अंक लोकार्पण गर्ने काम भयो।

नारायणप्रसाद होमगाईद्वारा “भारत र नेपालको भाषिक, साहित्यिक र सांस्कृतिक सम्बन्ध” विषयमा अवधारणापत्र नेपालीमा प्रस्तुत गरे। हिन्दीमा डा० सत्यप्रकास तिवारीद्वारा “तुलसीदास का राम चरित मानस और भानुभक्त का रामायण एक तुलनात्मक विवेचन” विषयमा कार्यपत्र प्रस्तुत गरे। रुद्र बराल(असम), श्रीमती सुभद्रा बम्जन (दार्जीलिङ), सुश्री बबिता खलिङ, सिक्किम र अबिर खलिङ (डुवर्स)का कविहरूले नेपालीमा काव्य पाठ गरे। स्थानीय नेपाली कविहरू शमशेर अली, राजु पाठक, निमा निस्कर्श, संजीव गुरुङ, सुनु रेग्मी ढकालहरूले काव्य पाठ गरे। हिन्दीमा डा० अभिज्ञात तथा जितेन्द्र जितांसुले काव्य पाठ गरे। काव्य पाठको बिचबिचमा सिर्जना जनसांस्कृतिक परिवारका कलाकार, एसेम्ब्ली  अफ गड चर्चका कलाकार तथा जनकल्याण समिति हावडाका कलाकारहरूद्वारा रंगारंग सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरे। अन्तमा भारत-नेपाल जनमैत्री सांस्कृतिक मञ्चका उपाध्यक्ष रामायणप्रसाद धमलाले धन्यवाद मन्तव्य ज्ञापन गरेर कार्यक्रम समापन गरे।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *