सिएए लागु हुँदा भारतीय गोर्खाहरु डराउनु पर्दैन: भाजपा

IMG-20240313-WA0181.jpg

दार्जीलिङ: केन्द्र सरकारले सिएए अर्थात् नागरिकता संशोधन ऐन गत ११ मार्च,२०२४ देखि लागु हुने घोषणा गरेको छ। यो ऐन सन् २०१९ मा नै संसदको दुवै सदनबाट पास भएको र राष्ट्रपतिद्वारा सिल मोहोर लागेको हो। यो ऐन लागु हुँदा साँचो भारतीय गोर्खाहरु डराउनु पर्दैन। यो ऐनले बरु भारतीय गोर्खाहरुलाई दह्रो नागरिक सुनिश्चितता प्रदान गर्छ। त्यसर्थ भाजपा दार्जिलिङ जिल्ला समितिद्वारा नागरिक संशोधन ऐनलाई स्वागत गर्दछौं भनी भारतीय जनता पार्टी दार्जिलिङ जिल्ला समितिद्वारा प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। भाजपा दार्जिलिङ जिल्ला समितिले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् -‘जसको सुनमा खोटो, उसको मुटु ढुकढुक भने जस्तै राज्यको ममता सरकार डराउन थालेका छन्। बंगालमा झण्डै ३ करोड काँडे तारबाट छिरेका बंग्ला देशीहरुलाई राज्य सरकारले भोट बैंकको रुपमा अनैतिक रुपले शरण दिएको खबर छ। जसको कारण बंगालको सामाजिक, आर्थिक र राजनैतिक स्थिति नै असन्तुलन भएको छ। जसले गर्दा साँचो भारतीय नागरिकहरु विभिन्न सुख सुविधादेखि वञ्चित छन्। साथै राष्ट्रभित्र कतिपय राष्ट्रदोह्री क्रिया कलापहरु पनि हुने गरेका छन्। सन्देशखालीको घटना यसको ज्वलन्त उदाहरण हो। राष्ट्रको निम्ति यो चुनौती हो। राष्ट्र सबै दृष्टिकोणले सुरक्षित हुनुपर्छ।’
भाजपा दार्जिलिङ जिल्ला समितिले भनेको छ- ‘देशमा साँचो नागरिक कति छन्? को को हुन्? भनी जाँच गर्नु देश र देशमा भएको सरकारको जिम्मेवारी हो। यो उद्देश्यमा नागरिक संशोधन ऐन लागु हुनु अति आवश्यक छ। ममता दिदी किन डराउँछिन्? टिएमसी डराउनुमा के उद्देश्य छ? यो पहाडवासी साथै बंगालवासी जनताले बुझ्नु जरुरी छ। ममता दिदीले जे जे अह्रायो त्यहीँ गर्ने र कागले कान लग्यो भनेर कानै नछामी कुद्ने अभ्यास पहाडवासी जनताले अविलम्ब छोडनुपर्छ। नागरिक संशोधन ऐनद्वारा पीपीएसको बाटो अझ सुनिश्चित र सहज भएको छ। हाम्रो एउटै लक्ष्य बंगालबाट अलग हुनु हो। बंगालको उपनिवेशवादलाई नकार्नु हो।’

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *