केन्द्रीय मन्त्री स्मृति इरानीले विरोधको बीचमा गरिन् सीएएको वकालत

Smriti_Irani-Central-Minister_-_2019

बर्धमान: विपक्षी दलहरूको विरोधको बीच केन्द्रीय मन्त्री स्मृति इरानीले नागरिकता संशोधन अधिनियम (सीएए), २०१९ लाई लागू गर्ने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारको निर्णय सही र सम्पूर्ण देशले यसलाई समर्थन गरेको दाबी गरिन्। मंगलबार बर्धमानमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भनिन्, ‘अफगानिस्तान, पाकिस्तान र बंगलादेश जस्ता देशका हिन्दू, सिख र जैन समुदायका मानिसहरूलाई नागरिकता दिइनेछ, जुन प्रधानमन्त्री मोदीले पूरा गरेका छन्l’ मन्त्री इरानीले भनिन्, ‘ममता ब्यानर्जी (पश्चिम बंगालकी मुख्यमन्त्री) ले आफ्नो भोट ब्यांकका लागि केही समुदायहरूलाई उक्साउने प्रयास गर्नेछिन् तर सम्पूर्ण भारतलाई थाहा छ कि प्रधानमन्त्री मोदीको यो निर्णय सही छl’ मुख्यमन्त्री ममता ब्यानर्जीले सीएए अधिसूचनामा मोदी सरकारको आलोचना गरेको एक दिन पछि टिप्पणीहरू आएका छन्l मुख्यमन्त्री ,ममता ब्यानर्जीए यसलाई केवल एक चुनावी चलखेल रहेको टिप्पणी गरेकी थिइन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *