सरस्वती विद्या निकेतन तादोङको नयॉं विद्यालय प्रबन्धन समिति गठित

n5907078981710175227855c93a5702b37c34feb33f5c0b591a8fbfee08d41464238feafe6ada213a530420.jpg

गान्तोक: विद्या भारती सिक्किम अन्तर्गत सञ्चालित सरस्वती विद्या निकेतन, तादोङको नयॉं विद्यालय प्रबन्धन समिति गठन गरिएको छ। समितिको कार्यकाल समाप्त भएकाले हिजो, आइतवार एक बैठक आयोजन गरेर नयॉं समिति गठन गरिएको छ।

उक्त जानकारी विद्या भारती सिक्किमको प्रान्त प्रचार प्रमुख सूर्य धितालले दिएका छन्।

बैठकमा विद्यालय प्रबन्धन समितिको अध्यक्ष पदमा चुढ़ामणि खतिवड़ालाई चयन गरियो। यसरी नै उपाध्यक्ष पदमा बिमला मोक्तान, महासचिव पदमा सन्तोष राई र कोषाध्यक्ष पदमा कमलापति पाण्डेलाई चयन गरिएको छ। नयॉं समितिका सल्लाहकारका रूपमा डा. पीपी शर्मा र दयाराम भट्टराई तथा बिनोद कुमार अधिकारी सदस्य रहेका छन्।

नवगठित समितिमा अझ अन्य कार्यकारिणी सदस्यहरू चयन गर्न आगामी २४ मार्चका दिन पुनः समितिको बैठक आयोजना गरिने बताइएको छ। सभामा दयाराम भट्टराई र बिनोद अधिकारीले विद्यालय स्थापनाकालदेखि सम्पूर्ण विवरण, संघर्ष, उपलब्धि, स्थिति आदि विषयमाथि प्रकाश पारेका थिए।

जय कुमार गुरूङको अध्यक्षतामा बसेको उक्त बैठकमा विद्या भारती सिक्किमका महासचिव बिजय कुमार धिताल, संयोजक मोहन शर्मा, कार्यालय सचिव सुर्य धिताल तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement