एसडीएफद्वारा विधानसभा चुनाउको निम्ति पॉंच उम्मेदवारको नाम घोषणा

1000579026.jpg

गान्तोक: सिक्किम डेमोक्रेटिक फ्रण्ट (एसडीएफ) पार्टीले आगामी विधानसभा चुनाउको निम्ति आफ्ना पॉंचजना उम्मेदवारको नाम घोषणा गरेको छ। एसडीएफ अध्यक्ष पवन चामलिङले आज राजधानीमा प्रस्तावित पार्टीको शान्ति ऱ्याली शुरू हुनुभन्दा अघि इन्दिरा बाइपासस्थित एसडीएफ मुख्यालयमा एकत्रित कार्यकर्ताहरूलाई सम्बोधन गर्ने क्रममा उम्मेदवारहरूको नाम घोषणा गरे।

उनले उत्तर सिक्किमको तीनवटै निर्वाचन क्षेत्रलगायत पूर्व सिक्किम र दक्षिण सिक्किमको एक-एक निर्वाचन क्षेत्रको निम्ति उम्मेदवारहरूको नाम घोषणा गरेका छन्। पॉंच उम्मेदवार मध्ये चार पुरानै अनुहारहरू छन् भने एकजना नयॉं उम्मेदवार रहेका छन्।

एसडीएफ अध्यक्षले उत्तर सिक्किमको तीनवटै निर्वाचन क्षेत्रका निम्ति पार्टी उम्मेदवारहरूको नाम घोषणा गरेका छन्। लाचेन मंगन निर्वाचन क्षेत्रको निम्ति हिस्से लाचुङपालाई टिकट दिइएको छ। लाचुङपा एसडीएफ सरकारमा मन्त्री थिए भने हालैमा उनको राज्यसभा सांसदको कार्यकाल पनि पूरा भएको छ।

यसैगरी, जङ्गु निर्वाचन क्षेत्रको निम्ति एसडीएफले पूर्व मन्त्री सोनाम ग्याछो लेप्चालाई मैदानमा उतारेको छ। काबि लुङचोक निर्वाचन क्षेत्रको निम्ति एसडीएफले नयॉं अनुसार नवाङ छोपेल लेप्चालाई टिकट दिएको छ।

अर्कोतिर, गान्तोक जिल्ला अन्तर्गत आरिथाङ निर्वाचन क्षेत्रबाट एसडीएफले आशिष राईलाई मैदानमा उतारेको छ। राईले २०१९ को चुनाउअघि पार्टीद्वारा वितरण गरिएको टिकटप्रति असन्तुष्टि व्यक्त गर्दै पार्टी त्यागेका थिए। उनी केही समयअघि फेरि एसडीएफमा फर्किएका छन्।

यसै क्रममा तुमिन लिङ्गी निर्वाचन क्षेत्रको निम्ति एसडीएफले पूर्व विधायक नोरजाङ लेप्चालाई मैदानमा उतारेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement