देन्ताममा पूर्व पञ्चायतहरु सम्मानित

IMG-20240311-WA0268.jpg

गेजिङ: मानेबुङ-देन्ताम समष्टिमा पर्ने २६ साङ्खु रदुखाण्डु ग्राम पञ्चायत साङ्खु वार्ड देन्ताम टारको सिक्किम क्रान्तिकारी मोर्च पार्टी कार्यालयमा आज पूर्व पञ्चायत अनि जिल्ला पञ्चायतलाई अभिनन्दन गर्ने कार्यक्रम सम्पन्न भयो। स्थानीय नागरिक बीबी लिम्बूको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा देन्ताम बजारमा धेरै वर्ष अघिदेखि ब्यापार चलाउँदै आएका आठ सदस्यलाई स्मृति चिन्ह प्रदान गरेर सम्मान जनाएको थियो। आठ व्यापारीहरु राज्यबाहिरका रहेता पनि देन्ताम बजारमा आफ्नो ब्यवसाय चलाएर राज्यको मतदाता बनेकाहरुलाई वार्ड कमिटीको तर्फबाट सम्मान जनाएको हो। कार्यक्रममा नानीहरुले नृत्य प्रस्तुत गरेका थिए। यसबाहेक पूर्व पञ्चाययतहरुलाई पनि अभिनन्दन गरेको हो। कार्यक्रममा पूर्व पञ्चायतको तर्फबाट आफ्नो सम्बोधन राख्दै अशोक प्रधानले मिडल साङ्खु वार्डले राम्रो कार्य गरेकोमा धन्यवाद दिए। वार्ड पञ्चायत सदस्य प्रकाश सुब्बाले यस वार्डमा जनताको सेवा पुऱ्याउने पूर्व पञ्चायतहरुलाआ अभिनन्दन गर्न आउनु अहोभाग्य रहेको बताए। वार्डलाई बिकास गर्नमा सबैको स्तरबाट भूमिका रहने जिम्मेवार सम्झेर बिकासको दिशामा लाने बताए।

About Author

Advertisement