नाम्चीमा आठसय बेरोजगारलाई नियुक्ति पत्र हस्तान्तरण

IMG-20240310-WA0198.jpg

नाम्ची: नाम्ची सिङ्गीथाङ र पोकलोक कामराङ निर्वाचन क्षेत्र अन्तर्गत कार्मिक विभागको आयोजनामा सुरु भएको युवा भरोसा सम्मेलनमा आज पनि नियुक्ति पत्र हस्तान्तरण गरियो। नाम्ची टाउन हलमा सम्पन्न भएको कार्यक्रममा मुख्यमन्त्रीकी धर्मपत्नी कृष्णा राई, जिल्ला पञ्चायत अध्यक्ष अञ्जिता राजालिम, भवन तथा आवास विभागीयअध्यक्ष ताही तामाङ गान्तोक नगर परिषद अध्यक्ष गणेश राई अनि अन्य अतिथिहरुको बाक्लो उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कृष्ण राईले नियुक्ति पत्र प्राप्त गर्ने सबै शिक्षित युवाहरुलाई बधाई दिइन्। उनले राज्यको विकास र उत्थानका लागि इमान्दारिताका साथ काम गर्न युवाहरुलाई आग्रह गरिन्। उनले राज्यलाई प्रगतिशील बनाउने मुख्यमन्त्रीको दूरदृष्टि र समर्पणलाई पनि उव्वेख गरिन् यस युवा सम्मेलनलाई राज्यको उल्लेखनीय उपलब्धि बनाउन अथक प्रयास गर्ने डीओपीका अधिकारी र कर्मचारीहरूको प्रशंसा गरिन्। साथै, उनले आदेश प्राप्त नगरेका व्यक्तिहरूलाई छिट्टै उपलब्ध गराउने आश्वासन दिए। सुरुमा नाम्ची सिंगिथाङ र पोकलोक कामराङ निर्वाचन क्षेत्रका झण्डै ८ सय शिक्षित बेरोजगार युवालाई नियुक्ति पत्र वितरण गरिएको थियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *