पाँच सालपछि जीतको साथ फर्किए नोवाक जोकोविच

Screenshot_20240310_213235_FotoCollage-Maker.jpg

इण्डियन वेल्स (अमेरिका): नोवाक जोकोविचले अलेक्जेण्डर वुकिचलाई ६-२, ५-७, ६-३-ले पराजित गरी बीएनपी परिबास इण्डियन वेल्स टेनिस टुर्नामेण्टमा पाँच सालपछि सफल पुनरागमन गरे। चौबीसपल्टका ग्राण्ड स्ल्याम एकल च्याम्पियन सर्बियाई खेलाड़ी जोकोविचले यस जीतको साथै रफायल नडालपछि एटीपी मास्टर्स १००० सीरीज प्रतियोगितामा ४०० वटा म्याच जित्ने दोस्रो खेलाड़ी बन्ने उपलब्धि हासिल गरे। इण्डियन वेल्समा २०१९ पछि पहिलोपल्ट खेलिरहेका जोकोविच यस टुर्नामेण्टमा पाँचपल्टका पूर्व च्याम्पियन हुन्। महिला एकल वर्गमा कोको गफले क्लारा बुरेल विरुद्ध २-६, ६-३, ७-६ (४)-ले जीतको साथ अघिल्लो राउण्डमा स्थान बनाइन्। तेस्रो वरीयता प्राप्त गफले तेस्रो राउण्डमा लूसिया ब्रोंजेटी विरुद्ध खेल्नेछिन्, जसले एन्हेलिना कलिनिनालाई ६-३, ६-४-ले पराजित गरिन्। जेसिका पेगुला चाहिँ दोस्रो राउण्डबाट अघि बढ़्न सकिनन्। उनलाई रुसकी अन्ना ब्लिंकोवाले ६-२, ३-६, ६-३-ले पराजित गरिन्। नाओमी ओसाकाले रुसकी ल्यूडमिला सेमसोनोवालाई ७-५, ६-३-ले पराजित गरिन्। चारपल्टकी ग्राण्ड स्ल्याम विजेता ओसाकाको अघिल्लो म्याच एलिस मर्टेन्स विरुद्ध रहेको छ। अन्य एउटा म्याचमा दुईपल्टकी च्याम्पियन भिक्टोरिया अजारेंकाले अमेरिकाकी केरोलिन डोलेहाइड विरुद्ध ७-५, २-६, ६-३-ले हारको सामना गर्नु पऱ्यो। अमेरिकी ओपनमा २०२१-की च्याम्पियन एम्मा राडुकानु पनि तेस्रो राउण्डमा पुग्न सफल भइन्।

About Author

Advertisement