१० वर्षको अत्याचारको हिसाब हुनेछ सन्देशखालीमाः शुभेन्दु

high.webp

सन्देशखाली (उत्तर २४ परगना): आइतवार एकातिर कोलकाताको ब्रिगेड मैदानमा तृणमूल कंग्रेसले भाजपाको विसर्जनको आह्वान गऱ्यो भने अर्कोतिर यसै दिन राज्य विधानसभामा नेता प्रतिपक्ष शुभेन्दु अधिकारीले सन्देशखालीलाई एउटा उपकरणको रूपमा प्रयोग गर्दै तृणमूललाई जरैदेखि उखाल्ने आह्वान गरे।

शुभेन्दुले चेताउनीपूर्ण भाषामा भने, ”तृणमूलको शासनमा विगत १० वर्षदेखिको जुन अत्याचार भइरहेको छ, त्यसको हिसाब यसपालि हुनेछ।”

शुभेन्दुले आरोप लगाए, ”तृणमूलको छत्रछायामा तानाशाह हुर्किरहेको छ, हामीले भन्यौं कि शाहजहाँको दिन सकिँदैछ। उ आज जेलमा छ। तर शाहजहाँलाई मात्र जेलमा थुनिनु हुँदैन। जियाउद्दीन र आलमगीरलाई पनि जेलमा थुन्नुपर्छ। बंगालभरी यस्ता २५-३० वटा सन्देशखालीहरू छन्। भाजपाले शाहजहाँ जस्ता मानिसहरूको विरोधमा रगतको अन्तिम थोपा रहुञ्जेलसम्म संघर्ष गर्नेछ।”

उनले चेताउनी दिँदै भने, पछिल्लो दश वर्षमा जति अत्याचार भएको छ त्यसको हिसाब अब लिइनेछ। उनले वामपन्थीहरूमाथि पनि प्रहार गर्दै भने, यो शाहजहाँ माकपाले बनाएको हो। परिणामस्वरूप माकपालाई शाहजहाँको बारेमा कुरा गर्ने कुनै अधिकार छैन।

आइतवार शुभेन्दु अधिकारीको लक्ष्यमा तृणमूल सुप्रीमो ममता ब्यनर्जी समेत परिन्। उनले भने, सन्देशखाली दनदनी बलिरहेको छ भने अर्कोतिर ममता मुस्कुराइरहेकी छन्। म जेहादीहरूविरूद्ध सन्देशखालीका आमा, छोरी-चेलीहरूद्वारा निर्वाह गरिएको भूमिकालाई सलान गर्दछु। सम्पूर्ण भारत सन्देशखालीको साथमा छ।

प्रधानमन्त्री नरेन्द्र मोदीले तपाईहरूको संघर्षको सराहना गरेका छन्। तर ममता ब्यनर्जी दुई महिनादेखिको यहाँ आएकी छैनन्। तर भाजपा नेताले विकासलाई भने जेलमा थुनिदिए। यहाँका आमाहरूमाथि पुलिसले अत्याचार गऱ्यो। यसको जवाफ आगामी लोकसभा चुनाउमा दिनुपर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement