उत्तर सिक्किममा विद्या भारतीको सेवा कार्य

IMG-20240310-WA0199.jpg

गान्तोक: विद्या भारती सिक्किमले हिमाली राज्य सिक्किम र दार्जीलिङ-कालेबुङ पहाडी क्षेत्रमा शिक्षा, संस्कृति, स्वास्थ्य र सेवाको क्षेत्रमा काम गरिरहेको छ। यस महान् राष्ट्रिय कार्यमा राज्यका पदाधिकारीहरूले पनि समाजको सहयोग र मार्गदर्शनमा नि:स्वार्थ रूपमा निरन्तर प्रयास गरिरहेका छन्। सिक्किमको उत्तर जिल्लामा विद्या भारती सिक्किम अन्तर्गत सरस्वती संस्कार केन्द्रको सञ्चालन सुरु भएको छ। कृष्ण सुब्बा, अजित लिम्बू र राजबहादुर लिम्बूले जिल्लाको काम हेरिरहेका छन्। हरेक वर्ष सेवा गतिविधिहरु गरिन्छ। यस कार्यमा संस्कार केन्द्रका शिक्षक र अभिभावकले पनि सहयोग गरेका छन्। केन्द्रले निःशुल्क स्वास्थ्य शिविर, विभिन्न परीक्षण, औषधि वितरण र जनचेतनामूलक कार्यहरू सञ्चालन गर्दै आएको छ। जनजाति परिवारका विद्यार्थीहरूलाई समय समयमा उनीहरूको पढाइका लागि आर्थिक छात्रवृत्ति पनि दिइदै आएको छ। २०२३-२४ मा कानुन अध्ययनरत तीन कलेजका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ। विद्या भारतीले गुणात्मक शिक्षासहित सुसंस्कृत, देशभक्त नागरिकको विकास गर्ने महान् कार्यमा सेवाभावका साथ काम गरिरहेको छ। उत्तर जिल्लाको टिबुक, माङ्शिला, तिनजे स्थित संस्कार केन्द्रका ३६ जना विद्यार्थीलाई न्यानो कपडा र ज्याकेट, ४२ स्थानीय ज्येष्ठ नागरिकलाई कम्बल र अन्य ३० जनालाई कपडा वितरण गरिएको थियो। विद्या भारती सिक्किमका कार्यकारिणी सदस्य तथा उत्तर जिल्ला जनजाति शिक्षा प्रमुख कृष्ण सुब्बाको नेतृत्वमा भएको कार्यक्रममा पूर्व पञ्चायत मिना लिम्बू मुख्य अतिथि थिइन्।

यस कार्यका लागि कोलकाताको विद्या भारती विकास परिषद्का वरिष्ठ समाजसेवी तथा प्रमुख अधिकारी भगवतीप्रसाद जालानको सहयोग प्राप्त भएको थियो। विद्या भारती सिक्किम सरस्वती संस्कार केन्द्र जिल्ला समितिले जालनजीलाई आभार प्रकट गरेको छ।

About Author

Advertisement