सिलगढ़ी: सिलगढ़ी महकुमाको खोरीबाड़ीमा आइतवार नाबालिक जोड़ीको शव भेटिएपछि क्षेत्रमा सन्त्राष व्याप्त भएको छ। घटना खोरीबाड़ीस्थित टुकरियाझार वनाञ्चलको रामभोला जोत क्षेत्रको हो।
मृतक जोड़ीको नाम देव सिंह (१६) र सुलेखा सिंह (१६) थियो। दुवै बुरागंजको धुलिया जोत क्षेत्रमा बस्थे।
स्थानीय सूत्र अनुसार बिहान खेतमा गाई बाँध्न गएका मानिसरूले वाच टावरको मुनि झुण्डिरहेको नाबालिक जोड़ीको शव देखे। खबर फैलिनसाथ मानिसहरूको भीड़ एकत्र भयो। सूचना पाएर खोरीबाड़ी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि शवलाई कब्जामा लिएर पोस्टमर्टम गर्नको लागि उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा पठाइदियो।
दुवै परिवारका सदस्यहरूको भनाइ छ, दुईमाझ दाज्यु-बहिनीको सम्बन्ध थियो। तर यी दुईले यस्तो कदम किन उठाए यो बुझ्न सकिरहेका छैनौं। अर्कोतिर यी दुईमाझ प्रेम सम्बन्ध थियो वा थिएन? खोरीबाड़ी थानाको पुलिस यसको जाँचमा जुटेको छ।









