सात्विक र चिरागको शीर्ष वरीयता प्राप्त जोड़ी फाइनलमा

IMG-20240310-WA0149.jpg

पेरिस: शीर्ष वरीयता प्राप्त तथा पूर्व पुरुष युगल च्याम्पियन सात्विकसाईराज रंकीरेड्डी र चिराग शेट्टीको भारतीय जोड़ी तेस्रोपल्ट बीडब्ल्यूएफ सुपर ७५० फ्रेञ्च ओपन ब्याडमिण्टन टुर्नामेण्टको फाइनलमा पुग्यो। विश्वका नम्बर एक जोड़ीले शनिवार अबेर राति खेलिएको सेमिफाइनलमा वर्तमान विश्व च्याम्पियन कांग मिन्ह्युक र सियो सेउंगजेको कोरियाई जोड़ीलाई २१-१३, २१-१६-ले पराजित गरी २०२४ सीजनमा लगातार तेस्रो फाइनलमा स्थान बनायो। भारतीय जोड़ीले सीजनको शुरुवातमा मलेशिया ओपनको फाइनलमा स्थान बनाएको थियो तर लियांग वेई केंग र वांग चांगको तत्कालीन शीर्ष जोड़ी विरुद्ध पराजित भएको थियो। यसरी इण्डिया ओपनको फाइनलमा भारतीय जोड़ीले विश्व च्याम्पियन जोड़ी विरुद्ध हारको सामना गर्नु परेको थियो।
आइतवार खेलिने फाइनलमा भारतीय जोड़ीको भिड़न्त चाइनीज ताइपेका ली जे-हुई र यांग पो-ह्वानको जोड़ीसँग हुनेछ। पहिलो गेमको शुरुवातमा भारतीय जोड़ीले कड़ा चुनौतीको सामना गर्नु पऱ्यो अनि एक समय स्कोर ५-५-को बराबरीमा रहेको थियो। त्यसपछि चाहिँ सात्विक-चिरागको जोड़ीले लगातार ६ पोइण्ट्स बटुलेर ११-५-को बढ़त हासिल गरी खेललाई नियन्त्रणमा ल्यायो। त्यसपछि पहिलो गेम २१-३-ले जित्न भारतीय जोड़ीलाई असुविधा भएन। पहिलो गेम सजिलै जितेपछि भारतीय जोड़ीले दोस्रो गेममा पनि धलिमलि कायम राख्यो। ब्रेकपछि कोरियाई खेलाड़ीहरूले सामान्य प्रतिरोध देखाउने प्रयास गरे पनि भारतीय जोड़ीको निम्ति शुरुवाती बढ़त निर्णायक साबित भयो। यसरी सात्विक र चिरागको जोड़ीले केवल ४० मिनटमा म्याच जित्यो। यसबीच पुरुष एकलमा लक्ष्य सेनको अभियान समाप्त भयो। उनले पुरुष एकलको सेमिफाइनलमा वर्तमान विश्व च्याम्पियन कुनलावुत विटिडसर्न विरुद्ध २२-२०, १३-२१, ११-२१-ले हारको सामना गर्नु पऱ्यो।

About Author

Advertisement