गोर्खाल्याण्डको भुप्रोलाई दन्काउने प्रयासमा गोर्खाल्याण्ड एक्टिभिस्ट समूह    

1091c6d0-62e6-4118-89a9-65d7c3ce8255

खरसाङ: अलग राज्य गोर्खाल्याण्डको आन्दोलनले जन समर्थन नपाएको होइन, यसको लागि जन समुद्रको भेल उर्लिएको सबैलाई थाहा भएकै होl यसबारेमा यहाँ बखानी रहेन कुनै आवश्यकता छैनl सन् १९८६, सन् २००८, सन् २०१३ अनि सन् २०१७ मा भएको गोर्खाल्याण्ड आन्दोलन सबै असफल भएको होl अलग राज्य गोर्खाल्याण्डबारे केन्द्र सरकार र पश्चिम बंगाल राज्य सरकारको रवैया हेर्दा यो मुद्दा सम्भव देखिँदैनl केन्द्र सरकार चलाउन आउने कुनै राजनैतिक पार्टीको धारणा गोर्खाल्याण्डबारेमा स्पष्ट छैन, राजनीतिको घुमाउरो शब्दजाल अर्थात जग्लारी भाषा प्रयोग गरिन्छl यस्तै घुमाउरो भाषाभित्र गोर्खाल्याण्डको सपना देखाइन्छl पश्चिम बंगालको सत्त्तामा आउने पार्टीको अडान स्पष्ट छ, उनीहरू गोर्खाल्याण्डको समर्थनमा नभएको स्पष्ट पार्छन्l अलग राज्य गठनको आधिकारिक रुपमा क्षमता भएको दुवै मुख्य निकायको रवैयाका कारण गोर्खाल्याण्ड गठन सम्भव देखिँदैनl सन् २०१४ को लोकसभा चुनावको प्रचारमा सिलगढी आउँदा ‘गोर्खाको सपना मेरो सपना’ भन्ने प्रधानमन्त्री नरेन्द्र मोदी (त्यति बेला प्रधानमन्त्री बनेका थिएनन्)ले प्रधानमन्त्री बनेर १० वर्ष पछि ९ मार्च २०२४ मा सिलगढी आउँदा यस्तो केही बोलेनन्l

तर यस्तो असम्भव स्थितिमा गोर्खाल्याण्डको भुप्रोलाई दन्काउने प्रयास भने जारी नै छl यस भुप्रोलाई दन्काउने प्रयासमा सन् २०२१ देखि साम्यवादी विचारधाराबाट राजनीतिमा हुर्किएका किशोर प्रधान र विन्ध्या डुक्पा विश्व कवि गुरु रवीन्द्रनाथ ठाकुरको चर्चित बंगला गीत, ‘जोडी तोर डाक सुने क्यों नआशे तबे एक्ला चलो रे…’ अर्थात ‘यदि तिम्रो पुकार कसैले सुनेर पनि कोही आएन भने तिमी एक्लै हिंड…’लाई आत्मसात गरेर सडकमा हिडिरहेका छन्l किशोर प्रधान र विन्ध्या डुक्पाले मार्क्सवादी कम्युनिष्ट पार्टी अफ इण्डिया (सीपीआईएम)बाट राजनैतिक यात्रा शुरु गरेका हुन्l सन् १९९६ मा अलग राज्य गोर्खाल्याण्डको पक्षमा नरहेको सीपीआईएमबाट गोर्खाल्याण्डको पक्षधर रहेको एउटा समूहले पूर्वसांसद आरबी राईको नेतृत्वमा क्रान्तिकारी मार्क्सवादी कम्युनिष्ट पार्टी (क्रामाकपा) गठन गर्योl क्रामाकपामा किशोर प्रधान शीर्ष नेतृत्वमा थिए भने विन्ध्या डुक्पा शीर्ष महिला नेतृ थिइन्l सन् २०२१ देखि उनीहरूले गोर्खाल्याण्ड एक्टिभिस्ट समूह गठन गरेर फेरि गोर्खाल्याण्डको संघर्षलाई लिएर ओर्लिएका छन्l यस समूहले देशको राजधानी नयाँ दिल्लीमा पनि पुगेर प्रदर्शन गरेl अहिलेको संघर्षलाई उनीहरू भन्छन्, ‘वैचारिक क्रान्तिको मार्ग’l यस समूहमा दार्जीलिङकी सामाजिक कार्यकर्ता शीतल सुब्बा, जितेन्द्र रसाइलीलगायत युवाहरू सक्रिय छन्l

गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका

गएको ७ मार्चदेखि कालेबुङबाट शुरु भएको उनीहरूको जनजागरण अभियान दार्जीलिङ, मिरिक हुँदै १० मार्च आइतबार  खरसाङमा लाग्ने ‘गोर्खे हाट’मा आइपुग्योl यहाँ उनीहरूले गोर्खाल्याण्ड एक्टिभिस्ट समूहको गोर्खाल्याण्डबारे आफ्नो विचार प्रकाशित गरिएको पर्चा सर्वसाधारणलाई वितरण गरेl पत्रकारहरूसितको  भेटघाटमा किशोर प्रधान भन्छन्, ‘गोर्खाल्याण्ड एक्टिभिस्ट समूह वैचारिक क्रान्तिको मार्ग होl परम्परागत संघर्षबाट निस्किएर वैचारिकी क्रान्तिको मार्गमा जानुपर्छl मेरो गोर्खाल्याण्ड मेरो दायित्व भन्ने हिसाबले काम गरिरहेका छौंl’ यतिका वर्षसम्म गोर्खाल्याण्डकै लागि सांसद दिएको, विधायक दिएको तर गोर्खाल्याण्ड नभएको उनी बताउँछन्l वैचारिक रुपमा बौद्धिक, भौतिक र आर्थिकबारे चर्चा गर्दै उनी भन्छन्, ‘बुद्धिजीविहरू हामी गाउँबाट निकाल्छौंl भौतिक रुपमा अब घर घरबाट मेरो दायित्व भन्ने बुझ्नुपर्छ, पहिलाको जस्तो आन्दोलन गर्ने आवश्यकता छैनl’ आर्थिकबारे उनको भनाइ यस्तो छ, ’२८ महिनादेखि संघर्षमा छौँl जनताले आफ्नो ईच्छाअनुसार क्राउड फण्डबाट पठाउँछन्l संघर्षमा अर्थको आवश्यतकता पर्छl हामी आफ्नो पैसाले आन्दोलन गर्दैनौंl आफ्नो पैसाले संघर्ष गरेको भनेको व्यापार गरेको होl कति जना नेताहरूले व्यापार गर्दैछन्, तर हामी व्यापार गर्न चाहँदैनौंl संघर्षमा जनताको पैसा चाहिन्छl जो बेनेफिसरिज (लाभार्थी) छ उसले पैसा निकाल्नु पर्छl हाम्रो संघर्षमा भाजपाको पैसा चाहिँदैन, एमपी (सांसद)को पैसा चाहिँदैन, एमएलए (विधायक)को पैसा चाहिँदैनl भ्रष्ट्राचारको पैसा चाहिँदैनl’ ­­­

गोर्खाल्याण्ड एक्टिभिस्ट समूहका संयोजक रहेका किशोर प्रधान यस संघर्षलाई सत्ता केन्द्रित राजनीतिबाट अलग राखेर अघि लैजाने दाबी गर्छन्l गोर्खाल्याण्डको मुद्दा राजनैतिक मुद्दा भएको हुनाले यसलाई कसरी राजनैतिक रुपमा लैजाने भन्नेबारे प्रश्न गर्दा उनी भन्छन्, ‘भारतवर्षमा हामीले गरेको जुन संघर्षहरू छन् नि…यदि हामी संघर्ष गरेर एक जग्गामा आयौं भने हामीलाई सरकारले तिमीहरूसित बात मार्दैनौं भन्न सक्दैनl सरकारको त्यो अधिकार छैनl लोकतन्त्रमा सरकारले राजनैतिक आन्दोलनलाई मात्र रिकग्नाइज (मान्यता) गर्छ भन्ने छैन, त्यसकारण संगठित रुपमा संघर्ष संघर्ष गर्ने बित्तिकै सरकारले हामीलाई बोलाउनै पर्छl राजनैतिक हिसाबले हामी यो संघर्ष गर्न चाहँदैनौंl’ पश्चिम बंगालबाट अलग हुनका लागि तीन थरिको मुद्दा अघि आएको छ गोर्खाल्याण्ड, भारतीय गोर्खा परिसंघको मुद्दा वासभूमि अनि गोर्खा राष्ट्रिय कांग्रेस र दार्जीलिङ-सिक्किम एकीकरण मंचको दार्जीलिङ-सिक्किम विलयl यसबारेमा प्रश्न गर्दा किशोर प्रधान भन्छन्, ‘सबैलाई सोद्धा मैले खाली गोर्खाल्याण्डको लागि आन्दोलन गरेको भन्छन्, दार्जीलिङ-सिक्किम विलयको कसैले आन्दोलन गरेको छैनl एक दुई वटा पार्टीले पोस्टर गर्यो होला, जनता सडकमा छैनl गोर्खाल्याण्ड छोडेर कुनै पनि मुद्दामा जनताले त्यस्तो त्याग गरेको छैनl गोर्खाल्याण्ड भारतीय गोर्खाहरूको सवाल होl वासभूमि भन्ने कुराहरू त्यो शब्द उच्चारणको यताउति होl’ राज्यको मागमा सिमांकन दार्जीलिङको उत्तरदेखि दक्षिण कहाँसम्म अनि पूर्वदेखि पश्चिम कहाँसम्म भन्ने प्रश्न गर्दा उनी भन्छन्, ‘सरकारले पहिला गोर्खाल्याण्ड राज्य निर्माण गर्ने पोलिसी बनाओस्l यो डिफिकल्ट सब्जेक्टको बात टेबलमा हुन्छl’  अहिले पनि केही राज्यमा सीमा विवाद चलिरहेको उनको भनाइ छl ‘सीमा विवादले गोर्खाल्याण्डको आन्दोलन रोकिनु हुँदैनl गोर्खाल्याण्डको संघर्ष त सुनकोशसम्म भयो, तर ३५६ मौजा समेत श्यामल सेन कमिशनले दिएनl गोर्खाल्याण्ड भनेको कुरा तराई-डुवर्स, पहाड मिलाएर जुन एउटा ब्युटीनेश त्यसलाई मिलाएर गोर्खाल्याण्ड राज्य गठन हुनुपर्छ भन्ने माग छ त्यसै माथि हामी चर्चा गर्छौं,’ उनी भन्छन्l  यसपालीको लोकसभा चुनावबारे उनीहरूको विचार जान्न चाहँदा किशोर प्रधान भन्छन्, ‘गोर्खाल्याण्ड एक्टिभिस्ट समूह चुनावमा जाँदैन, तर पार्लियामेन्ट डेमोक्रेसीमा हामी विश्वास गर्छौंl संसद चुनावमा हामी भोट हाल्छौंl हामी अन्तिम निर्णय पनि लिन्छौं होला कसलाई भोट हाल्नु कसलाई नहाल्नुl तर अहिलेको काम चैं खेताला होइनl स्थिति यस्तो बनाउनु पर्छ, हामीले भोलिको दिनमा मधेशको भोट छोडेर दार्जीलिङबाटै कुनै राष्ट्रिय दल बिना पनि हामीले हाम्रो उम्मेदवारलाई जिताउनु पर्छl’                       

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *