प्रधानमन्त्रीले पहाड़ र गोर्खाहरूको लागि केही घोषणा नगर्नु भाजपा गोर्खाहरूको लागि इमान्दार छैनन् भन्ने प्रमाणित भएको छ: सुवास प्रधान

IMG-20240310-WA0162.jpg

खरसाङ: गोर्खाको सपना मेरो सपना भन्ने प्रधानमन्त्रीले दश वर्षपछि गोर्खाहरूको लागि हिजो केही ठूलो घोषणा गर्ने सबैले ठूलो आशा गरेका थिए। तर केही घोषणा भएन अनि भारतीय जनता पार्टी गोर्खाहरूको लागि र पहाड़को लागि इमान्दार छैन भन्ने हिजो प्रमाणित भएको छ भनी भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले आज बताएका छन्। उनलो हिजो प्रधानमन्त्रीले केही पनि घोषणा नगरेको बताउँदै गोर्खाहरूको सपना विपना हन सकेन तर सपना केवल सपना नै रहेको बताएका छन्। उनले प्रधानमन्त्रीले केही पनि घोषणा नगर्नु दु:खको कुरा रहेको बताउँदै भाजपाले गोर्खाहरूलाई १५ वर्षसम्म लट्टाएर राखेको छ र हिजो पनि देशको प्रधानमन्त्री आफै आएर पनि केही घोषणा भएन र अब जनताले भाजपा पहाड़को लागि र गोर्खाहरूको हितको लागि छैन भनेर बुझ्नुपर्छ भनी बताएका छन्। भागोप्रमो खरसाङ महकुमा समितिको सभापति एंव खरसाङ नगरपालिकाको भाइस चेयरम्यान सुवास प्रधानले पत्रकारहरूले सोधेका प्रश्नको उत्तरमा हिजो प्रधानमन्त्रीले पहाड़को उच्चारण समेत गरेनन् भन्दै चियाबारी श्रमिकहरूको लागि पनि केही घोषणा भएन अनि प्रधानमन्त्रीले अहिले पनि केवल विचार गर्छौं मात्र भन्दा हामी ज्यादा भावनामा बग्नु हुँदैन तर यथार्थमा रहनुपर्छ भनी बताएका छन्। उनले पहाड़मा गोर्खाहरू र पहाड़को हितमा रहेर कार्य गर्ने एउटै पार्टी छ त्यो भागोप्रमो हो र पार्टी अध्यक्ष अनित थापाले पहाड़मा सबैलाई लिए विकासको कार्य लगातार रूपमा गरिरहेका छन् भनी बताए। उनले अब भाजपाले केही गर्न सक्दैन भन्दै यसपाली भागोप्रमोको आफ्नै सांसद भएको खण्डमा संसदमा जनजातिको मुद्दालाई जोडतोड़ले कार्य गर्ने बताएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *