राज्य महिला आयोगकी अध्यक्ष छुङकिपु लेप्चाले गरिन राज्यपालसँग भेट

IMG-20240309-WA0209.jpg

गान्तोक: सिक्किम राज्य महिला आयोगकी अध्यक्ष छुङकिपु लेप्चाले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग राजभवनमा भेट गरिन्। भेटको क्रममा अध्यक्ष लेप्चाले महिला आयोगद्वारा महिलाहरूको हितमा गरेको काम साथै गतिविधिबारे तयार गरिएको रिपोर्ट राज्यपालाई बुझाएकी छन्। राज्यपालले राष्ट्रिय विकासमा महिला सशक्तिकरणको महत्त्वपूर्ण भूमिकामाथि प्रकाश पार्दै सिक्किममा महिला कल्याणलाई अगाडि बढाउनका लागि उनीहरूको सबै योगदानको लागि शुभकामना व्यक्त गर्नुभयो। उनले राज्यमा महिलाहरूको कल्याण हेतु योगदानको निम्ति उनले शुभकामना पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement