नाम्ची: राज्यका मुख्यमन्त्री प्रेम सिंह तामाङले आज नाम्ची जिल्लामा स्मार्ट सिटी अन्तर्गत नन मोटराइज्ड ट्रान्सपोर्ट, पेडेस्ट्रेन सबवे र फुट ओवर ब्रिजको उदघाटन गरे। आज उदघाटन गरिएको फुट ओभर ब्रिज २७ मिटर र फुटपाथको लम्बाइ ४२ मिटर रहेको छ। यसरी सरकारले नाम्चीवासीको सुविधा हेतु पूर्वधारको निर्माण गरेकोमा मुख्यमन्त्रीप्रति उनीहरूले हार्दिक धन्यवाद दिँदै कृतज्ञता व्यक्त गरेका छन्।

उदघाटन कार्यक्रममा भवन तथा आवास विभाग मन्त्री सञ्जीत खरेल, शहरी एवम आवास विभाग मन्त्री एलबी दास, नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आले लगायत अन्यहरूको पनि पनि उपस्थिति रहेको थियो।