ईस्ट-वेस्ट मेट्रो सेवा १५ मार्च देखि

Kolkata-metro-1200-1.jpg

काेलकाता: गत छः मार्चमा प्रधानमन्त्री नरेन्द्र मोदीले ईस्ट-वेस्ट मेट्रोको उद्घाटन गरेका थिए। ताजा जानकारी अऩुसार आगामी १५ मार्चदेखि गंगा नदीभित्रको बाटो भएर ईस्ट-वेस्ट मेट्रोको सेवा शुरू हुनेछ। यात्रीहरूले त्यसैदिनदेखिको यसमा सवार भएर यात्राको आनन्द लुट्नसक्नेछन्।

शुक्रवार, १५ मार्चदेखि न्यू गरियाबाट रूबी औ जोका-तारातलादेखि माझेरहाट मेट्रो लाइनको विस्तारित खण्डमा आण जनताको लागि मेट्रो सेवा पनि शुरू हुनेछ। एस्प्लेनेडदेखि हावड़ा मैदान मात्र नभएर रूबी-न्यू गरिया, जोका-माझेरहाटको सेवा पनि त्यै दिनदेखि शुरू भइरहेको छ।

कोलकाता मेट्रोद्वारा जारी बयानमा उल्लेख गरिएको छ, दिनको पहिलो मेट्रो बिहान सात बजे हावड़ा र एस्प्लेनेड स्टेशनदेखि प्रस्थान हुनेछ। अन्तिम मेट्रो राती ९:४५ बजे प्रस्थान हुनेछ भने आइतवार मेट्रो सेवा बन्द रहनेछ। कुल १३० मेट्रोले दिनभरि यात्रीहरूलाई सेवा दिनेछ। व्यस्त समयमा मेट्रो सेवा हरेक १२ मिनटमा र अन्य समयमा हरेक १५ मिनटमा उपलब्ध हुनेछ। यात्रीहरूले गंगा तलको बाटो भएर यात्रा गर्दा फोनमा बातचित पनि गर्नसक्नेछन्। यहाँसम्म कि इन्टरनेट पनि प्रयोग गर्न सक्नेछन्।

यसबीच कवि सुभाषदेखि रूबीसम्मको मेट्रो सेवा पनि त्यै दिनदेखिको शुरू भइरहेको छ। मेट्रो बिहान ९ बजेदेखि साँझ ४:४० बजेसम्म चल्नेछ। दुई ट्रेनमाझ समयको अन्तर २० मिनटको हुनेछ। जोका-माझेरहाटबीच लगभग हरे २५ मिनटमा मेट्रो चल्नेछ। मेट्रो बिहान ८:३० बजेदेखि अपरान्ह ३:३५ बजेसम्म चल्नेछ। यद्यपि दुई रूटको सेवा सप्ताहन्त अर्थात शनिवार र आइतवार बन्द रहनेछ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *