डीआर थापाले केएन राईसॅंग भेट गरेर लिए स्वास्थ्यबारे जानकारी

n5901711741709998578954c5c863d1c2dfdf7c768379f8101a12a63933822c2c2e87e4d25ea8a1ea5a2ff0.jpg

गान्तोक; भारतीय जनता पार्टी (भाजपा) सिक्किमका अध्यक्ष डीआर थापाले आज नयॉं दिल्लीमा उपचाराधीन एसडीएफ नेता एवं सिक्किम विधानसभाका पूर्व अध्यक्ष केएन राईसॅंग भेट गरेका छन्। उक्त जानकारी प्रदेश भाजपाले प्रेस विज्ञप्तिमा दिएको छ। प्रदेश भाजपा अध्यक्ष डीआर थापाले केएन राईप्रति ऐक्यबद्धता व्यक्त गरे भने उनको स्वास्थ्यको बारेमा जानकारी लिॅंदै शीघ्र स्वास्थ्य लाभको निम्ति कामना गरे। विज्ञप्तिमा भनिएको छ, मल्ली निर्वाचन क्षेत्रमा केएन राईमाथि अराजक तत्वहरूद्वारा भएको आक्रमणपछि उनी अहिले उपचाराधीन छन्।

About Author

Advertisement