थियटर राउण्डको लागि काठमाण्डौं प्रस्थान
खरसाङ: तीनधारे महानदी समष्टि अन्तर्गत सिविटार चियाबारी निवासी मोहित भुजेल यसपाली नेपाल आईडलको लागि चयन भएका छन्। उनी गत केही समय अघि नै पूर्वी नेपालको विर्तामोड़मा सम्पन्न नेपाल आईडलको अडिशनमा उत्तीर्ण भएका थिए। उनी अब काठमाण्डौंमा हुने थियटर राउण्डको लागि शनिवार नै नेपाल प्रस्थान भएका छन्। उनीसितै तीनधारे महानदी समष्टिको सिपाहीधुरा निवासी सुरज तामाङ पनि चयन भएर शनिवार नै काठमाण्डौं प्रस्थान भएका छन्। मोहित भुजेल योभन्दा अघि पनि मेरो भोइस कप युनिभर्समा चयन भएक काठमाण्डौंसम्म पुगेका थिए।

उनी तीनधारे महानदी समष्टि स्तरीय स्वर लहर प्रतिभाको खोज सिजन दुईको विजेता हुन्। त्यसरी नै सुरज तामाङ पनि स्वर लहर प्रतिभाको खोज सिजन दुईको उप विजेता हुन्। दुवैलाई सबैले बधाई तथा शुभकामना व्यक्त गरेका छन्।