गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा स्वनिर्भर अभियान अन्तर्गत मौरी पालन तालिम शुरु

IMG-20240309-WA0182.jpg

कालेबुङ: गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा स्वनिर्भर अभियान अन्तर्गत मौरी पालन तालिम शुरु गरेको छ।
४५ नम्बर तोदे तान्गता समष्टी, गोरुबथान, कलिम्पोंग को परेंग बस्ती अवस्थित पातेन गोदक ग्राम पञ्चायत कार्यालय परिसरमा मौरी पालन सम्बन्धी तीन दिवसीय तालिम कार्यकारी सभासद ( फुड एण्ड सप्लाई, गो क्षे प्र) लाक्पा नाम्गेल भुटियाको उपस्थितिमा प्रमुख जन सम्पर्क अधिकारी शक्ति शर्माद्वारा दिप प्रज्वलन गरियो। गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनद्वारा स्वनिर्भर अभियान अन्तर्गत सञ्चालित तालिममा स्थानीय परम्परागत मौरी पालनमा संलग्न व्यवसायी लगायत ३० जना बेरोजगार युवाहरूको सहभागिता रहेको छ। धेरै लामो समयदेखि तालिम सहजीकरणमा पोख्त दिवस दर्जीद्वारा तालिम सञ्चालन गरिन्दैछ। तालिम सम्पन्न भए संगै प्रत्येक सहभागीलाई आधुनिक मौरी पालनमा प्रयोग गरिने डुंड़, चाखा काड्ने मशिन, स्मक ब्लोवर, चाखा काड्दा लगाइने जाली टोपी तथा कपडा र प्रमाण पत्र वितरण गरिनेछ।

उक्त तालिमको प्रथम सत्रमा शक्ति शर्माद्वारा तालिमको महत्वबारे प्रकाश पारेका थिए भने ग्राम पञ्चायत प्रधानद्वारा स्वागत मन्तव्य प्रस्तुत गरियो। पहिलो दिन अतिथिको रुपमा प्रोग्राम म्यानेजर नविन गुरुङ ( गो क्षे प्र ) लगायत पञ्चायत सदस्यहरु तथा डुवर्स भेगबाट आएका गैर सरकारी संस्थाका प्रतिनिधिहरुको समेत उपस्थिति रहेको थियो। उक्त तालिम तीन दिनसम्म सञ्चालन हुने जानकारी प्राप्त भएको छ।

About Author

Advertisement