गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको नयाँ कमिटी गठन

IMG-20240309-WA0141.jpg

पेम्बा रिम्पोर्छे बने नयाँ महकुमा अध्यक्ष

खरसाङ: गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको नयाँ कमिटी गठन गरिएको छ। उक्त कमिटीमा खरसाङ महकुमा समितिको अध्यक्ष पदमा बौध्द धर्म गुरु पेम्बा रिम्पोर्छे चयन भएका छन्। गोर्खा जनमुक्ति मोर्चा खरसाङ महकुमा समितिको एक सभा आज खरसाङको गोर्खा जनपुस्ताकालय भवनमा शरण देवानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त सभामा गोजमुमो खरसाङ महकुमा समितिको पुरानो कमिटीलाई विघटन गरेर नयाँ कमिटी गठन गरिएको छ। उक्त नयाँ कमिटीमा अध्यक्ष पेम्बा रिम्पोर्छे, कार्यकारी सभापतिमा युर्गेन शेर्पा, उप सभापतिमा साजन डुम्जन, तिलक थापा र हिम्मत देवान, महासचिव रोहित स्याङ्बो, सह सचिवमा दिपेन्द्र देवान, सुरेशचन्द्र दर्नाल, विकास तिरूवा र अर्पण गुरुङ कार्यालय सचिव गुञ्जे लामा, सांगठनिक सचिव मधुकर गुरुङ, अल्पसंख्यकमा पास्टर एमडी राई र खरसाङको संयोजक बिजय लामा, भूतपूर्व सैनिकमा सुधीर गुरुङ, मुख्य सल्लाहकारमा सुरज छेत्री र महेन्द्र प्रधान आदि चयन गरिएका छन्। खरसाङ महकुमा समितिको दुवै मुख्य सल्लाहकारलाई खरसाङबाट केन्द्रीय समितिमा पदोन्नति पनि गरिएको छ। सभापछि पत्रकारहरूसित कुराकानी गर्दै गोर्खा जनमुक्ति मोर्चा केन्द्रीय सह सचिव बिमल दर्जी र खरसाङ महकुमा समितिको महासचिव रोहित स्याङ्बोले विस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *