१६ मार्चमा केजरीवाललाई कोर्टमा पेश हुने आदेश

Delhi-chief-minister-Arvind-Kejriwal-said-he-will-_1709024385899_1709024435146.jpg

नयाँ दिल्ली: दिल्लीको राउज एभेन्यू कोर्टले दिल्ली आबकारी घोटाला मामिलामा प्रवर्तन निदेशालय (ईडी)- को समनलाई निरन्तर अदेखा गरेकोमा दिल्लीका मुख्यमन्त्री केजरीवाललाई समन जारी गरेको छ।

एडिशनल मेट्रोपोलिटन मेजिस्ट्रेट दिव्या मल्होत्राले ईडीको दोस्रो सिकायतमा केजरीवाललाई आगामी १६ मार्चमा कोर्टमा पेश हुने आदेश दिइन्।

ईडीको पक्षबाट पेश एएसजी एसवी राजुले भने, केजरीवाललाई मनी लण्ड्रिंग कानूनको धारा ५० अन्तर्गत ईडीले निरन्तर समन पठाइरहेको भए पनि उनी पेश भएका छैनन्। जाँचमा सहयोग गरिरहेका छैनन्। ईडीले अरविन्द केजरीवाललाई आठ पटक समन पठाइसकेको छ।

उल्लेखनीय छ, यसपूर्व गत १७ फरवरीमा कोर्टले केजरीवाललाई राहत दिँदै आगामी १६ मार्चमा सशरीर कोर्टमा पेश हुने आदेश दिएको थियो। १७ फरवरीमा केजरीवालले दिल्ली विधानसभाको बजेट सत्र र विश्वास प्रस्तावलाई देखाउँदै सशरीर पेश हुनदेखि छुट मागेका थिए। उनले अघिल्लो सुनवाईमा सशरीर पेश हुने भरोसा दिलाएका थिए। यस मामिलामा पूर्व उपमुख्यमन्त्री मनीष सिसोदिया र राज्यसभा सदस्य संजय सिंह न्यायिक हिरासतमा छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement