रेलवे प्रोजेक्टमा कार्यरत अधिकारीद्वारा आत्महत्या

IMG-20230528-WA0320-5-300x172-3.jpg

रम्बी(तीस्ता): रेलवे प्रोजेक्ट अन्तर्गत एबीसीआई-मा कार्यरत एकजना अधिकारीले आज रम्बीमा आत्महत्या गरेका छन्।रम्फू सेभोक रेलवे परियोजनामा टनल ५ एबीसीआई कम्पनी-का एचआर पदमा कार्यरत अखिलेश कुमार झाले आज बिहान आफु बसेको भाडाको घर रम्बी बजारमा आत्माहत्या गरेको पुलिस सूत्रले जनाएको छ।
मृतक झाको पार्थिव शरीरलाई रियाङ पुलिसले उद्धार गरेपछि पोस्टमार्टमको निम्ति कालेबुङ अस्पतालमा पठाइदिएको पुलिसले जानकारी दिएको छ। मृतक बिहारको दर्बङ्गा निवासी ईन्द्रकान्त झा-का छोरा रहेको थाहा लागेको छ।

About Author

Advertisement