चोरीको मामिलामा तीनजना पक्राउ

83e615a3-93f8-43fb-bb59-5d42a8e3f6bc-1024x576.jpg

सिलगढी: एनजेपी थाना पुलिसले चोरी गरेको समान सहित ३ जना युवकलाई पक्राउ गरेको छ। पक्राउपछि आज ति आरोपीहरुलाई जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेका युवकहरूको नाम रोनी मजुमदार, अङ्कुर दास र निखिल साहा बताइएको छ। तिनीहरू सबैजना मतिगढा इलाका निवासी हुन्। प्राप्त जानकारी अनुसार फुलबारी १ नम्बर अञ्चलको पोडाझाड इलाकाको एउटा घरबाट ग्रिल सहित फलामको अन्य सामग्री चोरी भएपछि घटनाबारे एनजेपी थानामा लिखित अभियोग दर्ता गरिएको थियो। अभियोगको आधारमा जाँचमा जुटेका पुलिसले कावाखालीबाट तीनजना युवकलाई पक्राउ गर्नको साथै चोरी गरेको समान पनि उद्धार गरेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement