चर्चित राजनीतिज्ञ विराज अधिकारीको निधन

Screenshot_20240307_140220_Chrome.jpg

गान्तोक: सिक्किमका एक चर्चित राजनीतिज्ञ तथा हाम्रो सिक्किम पार्टी (एचएसपी) का पूर्व प्रवक्ता विराज अधिकारीको आज बिहान राजधानीको तादोङस्थित मणिपाल अस्पतालमा निधन भएको छ।

६३ वर्षीय अधिकरी गम्भीर रोगका कारण गत एक वर्षदेखि सक्रिय राजनीतिदेखि टाड़ा बसेका थिए। उनी यसै वर्ष गत फरवरी महिनादेखि अस्पतालमा उपचाराधीन रहेका थिए। स्व. विराज अधिकारी एक समय सिक्किम नेशनल पिपल्स पार्टीका अध्यक्ष पनि थिए। पछि, पार्टीबाट राजीनामा दिएर उनी हाम्रो सिक्किम पार्टीमा सामेल भए। उनले धारा ३७१ एफ- को बारेमा सिक्किमे जनमानसमा जागरूकता फैलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्।

About Author

Advertisement