सिलगढी महकुमा परिषदको चारवटा ब्लकमा २१ वटा कार्यको शिलान्यास

Capture5-4.png

सिलगढी: सिलगढी महकुमा परिषदको पहलमा मतिगढा, नक्सलबारी, खोरीबारी र फाँसीदेवामा विभिन्न परियोजनाको आज शिलान्यास गरियो। इलाकाको सडक, ड्रेन, कम्युनिटी हल, गार्ड वाल, श्मशान घाट गरेर मोठ २१ वटा परियोजनाको आज शिलान्यास गरियो। सिलगढी महकुमा परिषदका सभाधिपति अरूण घोषले आज नक्सलबारीमा मोठ १० वटा परियोजनाको शिलान्यास गरे। सभाधिपति अरूण घोषले आज मन्झा चियाकमानमा दुइवटा सडक, बेलगाछी र जाबरामा कम्युनिटी हल, बडो मनिराम, केटुगाबुर र बेङ्गाईजोतमा श्मशान घाट, रथखोलामा ड्रेन र गार्ड वाल निर्माण कार्यको शिलान्यास गरे। यस अवसरमा अरूण घोषले भने, महकुमा परिषदको चारवटा ब्लकका अधिकारीहरूले आ-आफ्नो क्षेत्रको विकास कार्यहरूको शिलान्यास गरे भने मैले आज नक्सलबारीमा विभिन्न कार्यहरूको शिलान्यास गरे। महकुमा परिषदमा मोठ तीन करोड रुपियाँको विविध कार्यको शिलान्यास गरियो। गत १५ वर्षदेखि यस क्षेत्रमा भाजपा सांसदले कुनै विकासमूलक कार्य गरेको छैन। यसको साथै भाजपा विधायकले पनि कुनै विकास कार्य गरेको छैन। इलाकामा सडक, ड्रेन कम्युनिटी हल निर्माण भएपछि इलाकावासीलाई धेरै सुविधा हुने स्थानीय मानिसहरू बताउँछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement