निशीथ प्रमाणिकको घर सामु केपीपीको प्रदर्शन

1637100433_kam.jpg

काेचबिहार: केन्द्र सरकारले आफ्नो वाचा पूरा न गरेकाे आरोप लगाउँदै कामतापुर प्रोग्रेसिभ पार्टी (केपीपी)ले  केन्द्रिय गृह राज्यमन्त्री निशीथ प्रमाणिकको घर सामु विरोध प्रदर्शन गऱ्यो।

अर्कोतिर भाजपाले पनि केपीपीको विरोधमा प्रदर्शन शुरू गरेपछि क्षेत्रमा तनाउ फैलियो। यद्यपि स्थितिलाई नियन्त्रण गर्नको लागि दिनहाटा पुलिस थानाका आईसी जयदीप मोदकको नेतृत्वमा पहिलाबाटै ठूलो संख्यामा पुलिसबललाई तैनाथ गरिएको थियो जसले गर्दा तत्कालै तनाउलाई नियन्त्रण गर्न सकियो।

केपीपी महासचिव उत्तम रायले भने, विभिन्न मागहरूलाई लिएर केन्द्रियमन्त्री निशीथ प्रमाणिकको घर सामु धरना प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको थियो, तर भाजपाका नेता अनि कार्यकर्ताहरूले रोके। उनीहरूका कार्यकर्ताहरूलाई डर देखाएर धम्काएर सन्त्राष फैलाउने चेष्टा गरियो। यस घटनाको हामी निन्दा गर्दछौं। यता भाजपा नेता रतन बर्मनले भने, केपीपीले लोकसभा चुनाउपूर्व तृणमूलसित मिलेर शान्त कुचबिहारलाई अशान्त बनाउने प्रयास गरिरहेको छ। यो सही होइन।

About Author

Advertisement