केएन राई हमलाकाण्डको सीबीआई जाँचसँगै राष्ट्रपति शासनको माग गर्दै चामलिङको अगुवाइमा एसडीएफ टोलीले भेट्यो राज्यपाललाई

IMG-20240306-WA0210.jpg

गान्तोक: वरिष्ट राजनीतिज्ञ एवं पूर्व विधानसभा अध्यक्ष केएन राईमाथि भएको प्राणघातक आक्रमणको सीबीआई जाँच र आगामी चुनाउ राष्ट्रपति शासनमा हुनपर्ने मागमा सिक्किम डेमोक्रेटिक फ्रण्ट पार्टीले आज राज्यपाललाई ज्ञापन बुझाएको छ। शीर्ष नेतृत्वहरूको साथमा पार्टी अध्यक्ष तथा पूर्व मुख्यमन्त्री पवन चामलिङ स्वंय राजभवन पुगेर राज्यपाल लक्ष्मण प्रसाद आचार्यलाई यस्तो ज्ञापन बुझाएका हुन्।

पछि राजभवन बाहिर पत्रकारहरूसित कुराकानी गर्दै चामलिङले हाल सिक्किमा कानून-व्यवस्था पूर्णरुपले भङ्ग भएको र अशान्ति छाएको बताए। उनको भनाइअनुसार गत १ मार्चको दिन दक्षिण सिक्किमको मल्ली क्षेत्रअन्तर्गत माझिटारमा वरिष्ट राजनीतिज्ञ केएन राईमाथि भएको प्राणघातक आक्रमणले अहिले राज्यमा राजनीतिक आतङ्कवाद र सङ्गठित अपराध बड़ेर गएको प्रमाणित गर्छ। उनले भने, “पछिल्ला ४-५ वर्षमा धेरैजना एसडीएफ नेताहरूमाथि आक्रमण भइसकेको छ तर आजसम्म एकैजनालाई पनि पक्राउ गरिएको छैन।“ केएन राई हमलाकाण्डको पनि मास्टमाण्डलाई पक्राउ नगरेर केही ४-५ जना केटाहरूलाई पक्राउ गरेर पुलिस प्रशासनले औपचारिकता मात्र पूरा गरेको चामलिङको भनाइ रहेको छ। “यो केवल मारपिटको घट्ना होइन। राईको हत्या गर्ने प्रयास गरिएको छ। ढुङ्गाले टाउँको किच्चाइएको छ”, उनले भने। यस घट्नामा सिक्किम पुलिसको जाँच सन्तोषजनक नरहेकोले एसडीएफ पार्टीले राज्यपाल समक्ष सीबीआई जाँचको माग गरेको उनले थप बताए।

राज्यपालबाट पनि न्याय नपाएको खण्डमा एसडीएफ पार्टीले सड़कमा निस्केर विरोध प्रदर्शन गर्ने भएको छ। चामलिङले भने, “यदि राज्यपालबाट पनि न्याय पाएनौ भने वाध्य भएर हामी जनतामा जानेछौं। शान्तिपूर्ण जुलूसहरू निकालेर धारावाहिक रूपमा आन्दोलन गर्नेछौं”, उनले भने। उल्लेखनीय छ, यस अघि चामलिङले ५ मार्चसम्म केएन राई हमलाकाण्डका मास्टरमाण्डलाई पक्राउ नगरिएको खण्डमा ६ मार्चदेखि राज्यव्यापी रुपमा विरोध प्रदर्शनी गर्ने चेताउनी दिएका छन्।

अर्कोतिर हाल राज्यमा कानून व्यवस्था ठीक छैन भन्दै एसडीएफ पार्टीले राज्यपालसमक्ष आगामी चुनाउ राष्ट्रपति शालनमा गरिनुपर्ने माग गरेको छ। “हाल राज्यमा जस्तो स्थिति छ त्यसमा राज्यवासीले शान्तिपूर्वक आफ्नो मताधिकारको प्रयोग गर्न सक्नेछैन। त्यसैले आगामी चुनाउ राष्ट्रति शासनमा गरिनुपर्ने हामीले राज्यपालसमक्ष माग राखेका छौं। राज्यपालले संविधानको धारा ३७१एफ-को उपधारा जी अन्तर्गत प्राप्त अधिकारीको प्रयोग गरेर राज्यमा राष्ट्रपति शासन लागु गर्नुपर्ने हाम्रो माग हो”, उनले भने। राष्ट्रपतिले आफूहरूको कूरालाई ध्यानपूर्वक सुनेर राज्यमा शान्ति र सुरक्षा कायम राखिने साथै शान्तिपूर्वक चुनाउ सम्पन्न गराउने आश्वासन दिएको चामलिङले पत्रकारहरूसितको कुराकानीमा चामलिङले बताए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *