सिलगढ़ी: जमीन कब्जालाई लिएर सिलगढ़ीमा तनाउ फैलिएको छ। घटना सिलगढ़ी नगरनिगम अधिनस्थ वार्ड नम्बर ३२ मा बुधबार घटेको हो। घटनापछि एनजेपी थानाको पुलिस घटनास्थलमा पुगेर स्थितिलाई सामान्य बनायो।
स्थानीय मानिसहरूले बताए, यस क्षेत्रमा दुईवटा विशाल मैदानहरू छन्। यी दुवै क्षेत्रमा एक माफिया समूहले लामो समयदेखिकै कब्जा गर्ने प्रयास गरिरहेको छ। यस दिन पनि स्थानीय मानिसहरू माफिया समूहलाई रोक्न जाँदा क्षेत्रमा तनाउको वातावरण सृजना भयो।
स्थानीयहरूको आरोप छ, राजगंज भूमि सुधार विभागका अधिकारी पुलिसलाई सूचित नगरी आखिर किन जमीनको सर्वे गर्न आए? यता घटनाको सूचना पाउनसाथ एनजेपी थानाको पुलिस घटनास्थलमा पुग्यो अनि स्थितिलाई नियन्त्रण गऱ्यो। क्षेत्रमा पुलिसलाई तैनाथ गरिएको छ।










