सिलगढीमा एसयुसीआई-को सामूहिक प्रदर्शन तथा ज्ञापन

Screenshot_20240306_173036_Samsung-Internet.jpg

सिलगढी: पाँच सुत्रीय मागलाई लिएर एसयुसीआई-ले सिलगढीमा सामूहिक प्रदर्शन गर्यो। एसयुसीआई दार्जिलिङ जिल्ला कमिटीका सदस्यहरूले आज हातमा प्लाकार्ड तथा फेस्टुन बोकेर सिलगढीको बाघाजतीन पार्कबाट एउटा रैली निकाल्यो। राष्ट्रिय शिक्षा नीति रद्द गर्नुपर्ने, बिजुलीको बिल कम्ती गर्नुपर्ने, कृषकहरूको लागि एमएसपी लागू गर्नुपर्ने, महिलाहरूमाथि हुने दुर्व्यवहार रोक्ने लगायत राज्य तथा केन्द्रको भ्रष्टाचारविरुद्ध सयुसीआई दार्जिलिङ जिल्ला कमिटीले रैलीको आयोजना गरेको हो। यस रैली सिलगढी महकुमा शासक कार्यालय पुगेपछि विरोध प्रदर्शन गर्नको साथै एउटा ज्ञापन पत्र पनि सुम्पेको बताइएको छ। यस अवसरमा एसयुसीआई राज्य सचिव गौतम भट्टाचार्यले भने, आगामी दिनमा अझ हाम्रो आन्दोलन अझ सशक्त हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement