गोरुबथानमा प्रस्तावित इन्डस्ट्रियल पार्कको जमिन निरीक्षण

go-1024x531.jpg

गोरूबथान: प्रस्तावित इन्डस्ट्रियल पार्कको निर्माण गर्नका लागि जमिन निरीक्षण गर्न आज कालेबुङबाट एडीएम लगायत तिनको टोली गोरूबथान आएर जमिनको निरीक्षण गरे। टोलीमा कालेबुङका एडीएम अनि प्रितम लिम्बु सहभागी थिए। टोलीलाई गोरुबथानका पञ्चायत समिति सभापति सूर्यमणि राई, बीडीओ गोरुबथान शोभन दास, बीएलएलआरओ आदिले प्रस्तावित इन्डस्ट्रियल पार्कको निम्ति चिन्हित गरिएको ठाउँमा लगेर जमिनको निरीक्षण गराए। यस अवसरमा गोरुबथान खण्ड पञ्चायत समिति सहकारी सभापति सोनाम भोटिया, कर्माध्यक्ष शिशिर प्रधान आदिको विशेष उपस्थिति रहेको थियो। स्मरण रहोस्, गोरुबथानमा इन्डस्ट्रियल पार्क निर्माण गरिने भएकोले यसको निम्ति आवश्यक जमिन चिन्हित गरिएको बताइएको छ।

About Author

Advertisement