मईसम्म तयार हुनेछ भारत-पाक म्याच आयोजन गर्ने स्टेडियम

IMG-20240306-WA0130.jpg

नयाँ दिल्ली: आईसीसी पुरुष टी२० विश्व कप २०२४-को निम्ति न्यूयोर्कमा नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियमको निर्माण अहिलेसम्म बीचमै रहेको छ। यसबीच प्रबन्धनले मईको अन्तसम्म स्टेडियम सम्पूर्ण रूपले तयार हुने दावी गरेका छन्। यसै स्टेडियममा ९ जूनमा भारत र पाकिस्तानबीच म्याच खेलिनेछ, जसको टिकट अहिले लाखौं रुपियाँमा बिक्री भइरहेको छ। स्टेडियमको ईष्ट स्ट्याण्ड तयार गरिँदैछ, जसमा १२,५०० प्रशंसकहरूले खेलका आनन्द लिन सक्नेछन्। गत महिना नै मड्यूलर ढाँचालाई उठाउने क्रेनको साथ काम शुरु गरिएको थियो। यसको साथमा मड्यूलर स्टेडियमको आउटफील्डको साथमा उत्तर र दक्षिण पभेलियनमाथि पनि तयारी शुरु भएको छ। यस स्टेडियममा जम्मा ३४ हजार दर्शकहरू एकसाथ बसेर खेलको आनन्द लिन सक्नेछन्। टी२० विश्व कपको अवधि यस मैदानमा ८ वटा म्याच खेलिनेछ। आईसीसी-का इभेण्ट प्रमुख क्रिस टेटलीले भने, गत महिनाहरूमा न्यूयोर्कमा नासाउ काउण्टी इण्टरनेशनल क्रिकेट स्टेडियमको निर्माण प्रगति हेर्नु रोमाञ्चक रह्यो। आउटफील्डको काम जनवरीमा शुरु भएको थियो। गत केही हप्तामा ईष्ट स्ट्याण्डले आकार लिनु शुरु गरेको छ। यो चाँड़ै तयार हुनेछ। उल्लेखनीय छ, आईसीसीलाई विश्व कपको टिकटहरूका निम्ति ३० लाख भन्दा अधिक आवेदन हासिल भएको छ। यी आवेदनहरू १६० भन्दा अधिक देशहरूबाट आएको छ। अमेरिकामा हुने म्याचहरूका सबै टिकट आधिकारिक वेबसाइटमा उपलब्ध छैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement