गान्तोक: सिटिजन एक्शन पार्टी सिक्किमले पार्टीको घोषणापत्र समितिको अन्तिम बैठक आज गान्तोकमा बोलायो. बैठकले व्यापक छलफलको गर्दै घोषणापत्रमा समावेश हुने विभिन्न विषयवस्तु समावेश गरि निर्धारित समयतालिकामा रिलीज गर्ने चर्चा गरेको थियो। पार्टीका अध्यक्ष भरत बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका शीर्ष नेतृत्वहरु उपाध्यक्ष दाउछो लेप्चा, मुख्य संयोजक एवं मुख्यमन्त्री उम्मेद्वार गणेश राई, चुनाउ अभियान समितिका अध्यक्ष एलपी काफ्ले, वरिष्ठ सल्लाहकार बीएम रामुदामु साथै कार्याध्यक्षहरू र घोषणापत्रका सदस्यहरूले घोषमापत्रलाई जनहित आकार दिने उद्देश्यमाथि छलफल गरेको थियो। सिक्किमका जनताको आकांक्षालाई प्रतिबिम्बित गर्ने दुरदर्शी र समावेशी घोषणापत्रलाऊ प्रमुखता दिने सुशासन, सामाजिक-आर्थिक क्षेत्रका विभिन्न विषयहरू समेटने निर्णयबैठकले लिइयो। सम्बन्धित सबै सरोकारवालासँगको छलफलपछि नागरिक घोषणापत्र तयार पारिएको हो भनी पार्टीले प्रेस बयानमा उल्लेख गरेको छ। घोषणापत्र समितिले घोषणापत्र सुनिश्चित गर्न आफ्नो प्रतिबद्धता व्यक्त गऱ्यो र जनताको हित र कार्यलाई अगाडि बढाउन पार्टीको अटल समर्पण सिक्किममा समावेशी र जवाफदेही शासनमा प्राथमिकता दिने विषयमा छलफल गरियो। सिटिजन एक्शन पार्टी-सिक्किम आफ्नो प्रतिबद्धतामा अटल छ भन्दै पारदर्शी, सहभागितामूलक र उत्तरदायी लोकतान्त्रिक प्रक्रिया प्रस्तुत गर्न तत्पर छ अनि एक अग्रगामी घोषणापत्र जसले सामूहिक आकांक्षा र आकांक्षाहरूलाई मूर्त रूप दिने बताएको छ।