मुख्यमन्त्री र मुख्य न्यायाधीशद्वारा क्रिकेटहरु सम्मानित

n58901066017096554864636ffca11ae62c5e80cebf27911675ba04481a7bb3033f01f2ed45ec032311233a.jpg

पाकिम: मुख्यमन्त्री प्रेमसिंह तामाङ र सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश विश्वनाथ सोमद्दरले आज रम्फू माइनिङस्थित सिक्किम क्रिकेट स्टेडियममा आयोजित एक कार्यक्रममा सहभागी भए। सिक्किम क्रिकेट एसोसिएसनद्वारा भारतीय क्रिकेट कन्ट्रोल बोर्डको सहयोगमा आयोजित लेफ्टिनेन्ट विनोद प्रधान मेमोरियल ट्रफी प्रतियोगितामा भाग लिए। प्रतियोगितामा मुख्य न्यायाधीश र मुख्यमन्त्री दुबैले खेलकुदको लागि आफ्नो सहयोग र प्रोत्साहन प्रकट गर्दै म्यान अफ द म्याचका योग्य खेसाड़ीलाई पुरस्कार राशि हस्तान्तरण गरेका थिए। प्रतियोगितामा भवन तथा आवास विभाग, समाज कल्याण विभाग, महिला तथा बाल विकास विभाग मन्त्री सञ्जित खरेलको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा सिक्किम उच्च न्यायावय, जिल्ला न्यायाल, कालून विभाग, विभिन्न विभागा अधिकारीहरु पनि उपस्थित थिए।

About Author

Advertisement