ईंग्ल्याण्ड विरुद्ध २०१२-को सीरीजलाई करियरको निर्णायक मोड़ बताए अश्विनले

IMG-20240305-WA0234.jpg

धर्मशाला: आफ्नो १०० औं टेस्ट म्याच खेल्न ओर्लिने तयारीमा जुट्ने भारतका सीनियर अफ् स्पिनर रविचन्द्रन अश्विनले बताए अनुसार, ईंग्ल्याण्ड विरुद्ध २०१२-को सीरीज उनको करियरको निर्णायक मोड़ थियो, जसले उनलाई आफ्नो गल्तीहरू सुधार्नमा सहायता गयो। एलिस्टेयर कुकको कप्तानीमा ईंग्ल्याण्डले त्यो सीरीज १-२-ले जितेको थियो, जुन उनीहरूको भारतमा १९८४-८५ पछि टेस्ट सीरीजमा पहिलो जीत थियो। आफ्नो १००औं टेस्ट म्याचअघि अश्विनले भने, ईंग्ल्याण्ड विरुद्ध २०१२-को सीरीज मेरो निम्ति निर्णायक मोड़ थियो। त्यस सीरीजबाट मलाई आफ्नो खेलमा कहाँ सुधार गर्ने आवश्यकता छ भन्ने पत्तो लाग्यो। ईंग्ल्याण्ड विरुद्ध ७ मार्चदेखि यहाँ शुरु हुने पाँचौं तथा अन्तिम टेस्ट म्याचको माध्यमले अश्विनले आफ्नो करियरमा १०० वटा टेस्ट म्याच पूरा गर्नेछन्। अश्विनले भने, यो ठूलो अवसर हुनेछ। गन्तव्यभन्दा यात्रा धेरै खास रह्यो। यसले मेरो तयारीमा कुनै ब‌द्लाउ आएको छ। हामी टेस्ट म्याच जित्ने प्रयास गर्नेछौं। करियरको सर्वश्रेष्ठ प्रदर्शनबारे प्रश्न गरिँदा अश्विनले भने, बर्मिंघममा २०१८-१९ मा मेरो टेस्ट करियरको सर्वश्रेष्ठ स्पेल रहेको थियो। उल्लेखनीय छ, अश्विन हालै टेस्ट क्रिकेटमा ५०० विकेट पूरा गर्ने महान अनिल कुम्बलेपछि दोस्रो भारतीय बनेका थिए। उनले २०११-मा टेस्ट पदार्पण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement