नाम्ची: नाम्ची जिल्लाकी जिल्लापाल अन्नपूर्ण आलेले आगामी दिनमा सम्पन्न हुने सिक्किम विधानसभा र लोकसभा चुनाउ तयारीबारे राज्यका राजनैतिक दलका प्रतिनिधिहरूलाई लिएर बैठक सम्पन्न आयोजना गरिन्। यस अवसरमा राज्यका विभिन्न राजनैतिक दलका प्रतिनिधिहरूले सहभागिता जनाएका थिए। बैठकको मुख्य उद्देश्य भारतीय चुनाउ आयोगको दिशानिर्देश अनुसार मतदाता नामावलीको संख्या र वर्तमान स्थितिबारे राजनीतिक दलहरूलाई जानकारी गराउनु रहेको थियो।
बैठकमा प्रतिनिधिहरुलाई मनोनयन प्रक्रिया, फारम तथा सुविधा उम्मेदवार पोर्टल, पोस्टरिङ तथा ब्यानरिङ, खर्च र अनुगमनका बारेमा जानकारी गराईयो। यसका साथै उनीहरूलाई नमूना आचारसंहिता उल्लङ्घनका लागि दण्डित गर्नेबारे पनि अद्यावधिक गरिएको थियो र चुनाउको मर्यादालाई कायम राख्न शान्ति सुरक्षा, सुरक्षा र ट्राफिक व्यवस्थापनको पालना गर्न सुझाव दिइएको थियो। जिल्लापालले चुनाउको समयमा यदि कुनै पनि राजनीतिक दलले निजी भूमिमा सभा आयोजना गर्नुपरेको खण्डमा जमीनदाताहरूसँग अनुमति लिनु पर्ने साथै कानुनी प्रावधानहरूबारे पनि अनुमति लिनु पर्ने सुझाउ दिएकी छन्। यदि कुनै पनि राजनीतिक दलले नमुना आचार संहिता उल्लङ्घनका घटनाबारे सचेत नागरिकले प्रत्यक्षदर्शीलाई प्रत्यक्ष रिपोर्ट दिन सक्ने साथै भिजिल एप्सकाबारेमा पनि प्रतिनिधिहरूलाई जानकारी गराइएको थियो भने मतगणना योजना, स्ट्रङ्ग रुम, मतदानको व्यवस्था र मतगणनाका अवगत गराइयो।