“पर ड्रप मोर क्रप” लाई लिएर गेजिङ जिल्लामा सचेतना कार्यक्रम

IMG-20240305-WA0238.jpg

गेजिङ: प्रधानमन्त्री कृषि सिँचाई योजना अन्तर्गत “पर ड्रप मोर क्रप” लाई लिएर गेजिङ जिल्लामा एक सचेतना, प्रशिक्षण साथै वितरण कार्यक्रम आयोजना गरियो। गेजिङ जिल्लाको कृषि विभागद्वारा आयोजना गरिएको यस कार्यक्रममा पीएचई विभागका अध्यक्ष हरि नारायण छेत्री मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिहरूमा जिल्ला पञ्चायत सदस्य कृष्ण कुमारी छेत्री,पञ्चायत अध्यक्ष केबी लिम्बू लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। सो कार्यक्रममा कूल ३ सय जना लाभार्थी कृषकहरूले यस योजनाको लाभ उठाए।

About Author

Advertisement