कोचबिहार: कोचबिहार पुलिसले पश्चिम बंगालको अलिपुरद्वार जिल्लामा एक कारबाट बाह्र लाख रुपियाँ नगद जफत गर्यो। यस घटनामा पाँच जनालाई पक्राउ पनि गर्यो। एक पुलिस अधिकारीले मंगलबार यसको जानकारी दिएका थिए। पाँचै जना आरोपी आसामको धुबरीका बासिन्दा हुन्।कोचबिहार पुलिसका अनुसार हिजो साँझ ५ः३० बजे रैडक ब्रिजमा नाका चेकिङका क्रममा असमबाट पाँच जनालाई बोकेको सेतो रङको कारलाई राष्ट्रिय राजमार्ग ३१ मा रोकेर तलासी गरिनेक्रममा गाडीको ट्रंकमा झोलाभित्र लुकाएर राखिएको ठूलो परिमाणमा नगद भेटिएको अधिकारीले बताए। करिब १२ लाख रुपियाँ बराबरको नगद बरामद गरी पाँच जनालाई पक्राउ गरिएको छ। नगद बरामद गर्ने सम्बन्धमा आयकर विभागलाई पनि जानकारी गराइएको पुलिस अधिकारीले बताए।