सामसिङ फारी बस्तीमा गोर्खा राष्ट्रीय युवा मोर्चाको कमिटी गठन

gor.png

कालेबुङ: गोर्खा राष्ट्रिय युवा मोर्चा कालेबुङ ब्राञ्च कमिटीले आफ्नो सांगठनिक विस्तारलाई अघि बढाउने क्रमलाई जारी राखेका छन्। अध्यक्ष मन घिसिङको निर्देशन अनुसार आफ्नो सांगठनिक बिस्तारलाई तिब्रता दिदै कालेबुङ ब्राञ्च कमिटी अन्तर्गत समष्टिहरुमा कमिटीहरु गठन गरिरहेको जानकारी प्राप्त भएको छ। यसै क्रममा गोरामुमो कालेबुङ २८ नम्बर समष्टि अन्तर्गत सामसिङ्ग फारी बस्तीमा गोर्खा राष्ट्रिय युवा मोर्चाको कमिटी गठन गरेका छन्। कैलाश भुजेलको अध्यक्षतामा बसेको सभालाई बसन्त राणाले सञ्चालन गरेका थिए। सभामा युवाहरु अब ढाल भएर जाति र माटोको उन्मुक्तिको अगि बड्दै अध्यक्ष मन घिसिङको हात बलियो बनाउनु पर्ने र यसको निम्ति युवाहरुलाई सांगठनिक रुपमा सशक्त भएर अगि आउनु पर्ने सभाले प्रस्ताव पारित गर्‍यो।

यसैकारण सामसिङ्ग फारी बस्ती गोरायुमो कमिटी गठन गर्नु पर्ने सभाले प्रस्ताव पारित गर्दै अध्यक्ष पदमा सुरज भुजेल उपाध्यक्ष पदमा किरण प्रधानलाई सर्वसम्मतिले चयन गरिएका छन्। यसैगरी सचिवमा सरिना भुजेल अनि कोषाध्यक्षमा बसन्त राणालाई चयन गरिएका छन्।
जाति र माटोको सुरक्षा हेतु अब युवाहरु अगि आउनु पर्ने साथै अध्यक्ष मन घिसिङको हात बलियो बनाउनुको निम्ति हामी एक भएर अगि बड्नु पर्छ। संस्थापक अध्यक्ष सुवास घिसिङले जिम्मेवारी दिएर जानू भएको कार्यलाई पूरा गर्नको निम्ति अध्यक्ष मन घिसिङले आफ्नो भुमिका निभाइरहेका छन्। अब तपाईं हामी अध्यक्ष मन घिसिङलाई काधमा काध मिलाएर अगि बड्नु पर्छ भनी सभामा वक्ताहरुले सम्बोधनको क्रममा भने।

About Author

Advertisement