गान्तोक: दक्षिण बंगालको मेदिनीपुर गोपाली आश्रमस्थित सरस्वती शिशु मन्दिरमा २९ फरवरीदेखि १ मार्चसम्म वार्षिक योजना बैठक तथा २ देखि ३ मार्चसम्म विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको क्षेत्रीय समिति ‘विद्या भारती पूर्व क्षेत्र’ को वार्षिक साधारण सभा सम्पन्न भयो।
यस बैठकमा सिक्किम, उत्तर बंगाल, दक्षिण बंगाल, ओडिशा र अण्डमान-निकोबार प्रान्तका पदाधिकारी, क्षेत्रीय विषय प्रमुख, सह प्रमुख, कार्यकर्ता सहभागी थिए।
विद्या भारती सिक्किमका प्रान्त प्रचार प्रमुख सूर्य धितालले दिएको जानकारी अनुसार, विद्या भारतीको कार्य भारत केन्द्रित शिक्षा, गुणात्मक संस्कारयुक्त शिक्षा, भारतीय ज्ञान परम्परा, देशभक्त नागरिक निर्माणको कार्यमा सतत प्रयास विषयमाथि चर्चा भयो। यसरी नै समाजको सहयोग, मार्गदर्शन र सज्जन शक्तिलाई साथमा लिएर देशभरि विद्या भारती शिक्षाको आदर्श स्थापना गर्नु, राष्ट्रिय शिक्षा नीतिको कार्यान्वयन आदि विषयहरूमाथि पनि बैठकमा चर्चा भयो।
यस बैठकमा विद्या भारती अखिल भारतीय शिक्षा संस्थानको अखिल भारतीय संगठन मन्त्री गोविन्द चन्द्र महन्तले विविध शैक्षिक, संगठनात्मक कार्य, कार्यकर्ताको विकास, कार्यको विस्तार आदि विषयमा मार्गदर्शन प्रदन गरे। बैठकको अध्यक्षता डा. लक्ष्मीकान्त महाराणाले गरेका थिए।
विद्या भारती पूर्व क्षेत्रको क्षेत्रीय समितिको तीन सालको कार्यकाल पूरा भएकाले साधारण सभामा आगामी तीन वर्षका लागि पूर्व क्षेत्रको निम्ति नयॉं समिति गठन गरिएको छ। समितिका अध्यक्ष- गोपाल चन्द हालदार, उपाध्यक्ष- विश्वनाथ गराय, मन्त्री- डा. लक्ष्मीकांत महाराणा, सह मन्त्री- हेमन्त कुमार पाणीग्राही, कोषाध्यक्ष- रवीन्द्र कुमार शामल, संगठन मन्त्री- दिवाकर घोष, सह-संगठन मन्त्री- पार्थ घोष रहेका छन्। यसरी नै सदस्यहरूमा प्रभाती साहू, संचिता कवि, पवित्रा दाहाल, छुल्टिम भोटिया, डा. सरोज कुमार हाती रहेका छन्।