राज्यपालले नयॉं एसटीएनएम अस्पतालमा जन औषधि केन्द्रको उद्घाटन गरे

n58869521017095702010088b4fd37e28870105cc3018f871bbd395bf4a18840845c317f2e7112df3a73344.jpg

गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले राजधानीको सोच्यागाङस्थित नयॉं एसटीएनएम अस्पताल आज जन औषधि केन्द्र, १० बेडको आयुष अस्पतालमा बिरामी सुविधा र १० बेडको टेलि आईसीयूको उद्घाटन गरेका छन्।

राज्य स्वास्थ्य विभागले आयोजना गरेको उद्घाटन समारोहमा स्वास्थ्य विभाग मन्त्री केएन लेप्चा, स्वास्थ्य विभागका सल्लाहकार केबी गुरूङ र सचिव डा. एबी कार्की आदि पनि उपस्थित थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल आचार्यले जन औषधि केन्द्र, १० बेडको आयुष अस्पतालमा बिरामी सुविधा र १० बेडको टेलि आईसीयूको उद्घाटनलाई स्वास्थ्य सेवाको क्षेत्रमा महत्वपूर्ण कोसेढुङ्गा रहेको बताए। यस पहलले स्वास्थ्य सेवाको पहुँचमा अभिवृद्धि गर्ने, बिरामीहरूमा पर्ने बोझलाई कम गर्दै स्वस्थ भविष्यका लागि राज्यको प्रतिबद्धता सुनिश्चित गर्ने लक्ष्य राखेको उनले बताए।

राज्यपालले प्रधानमन्त्री नरेन्द्र मोदीको दूरदर्शी नेतृत्वको प्रशंसा गरे भने आयुष क्षेत्रको विकास भइरहेकोमा खुशी व्यक्त गरे। यो पहलले समग्र उपचारलाई बढावा दिन्छ भन्दै सिक्किमलाई स्वास्थ्य पर्यटनको लागि एक आशाजनक गन्तव्यको रूपमा स्थापित गर्ने पनि उनले आफ्नो सम्बोधनमा बताए।

स्वास्थ्य विभाग मन्त्री लेप्चाले यस परिवर्तनकारी पहलबाट बिरामीहरू कसरी लाभान्वित हुनेछन् भन्ने कुरामाथि प्रकाश पारेका थिए। कार्यक्रमलाई सचिव डा. कार्कीले पनि सम्बोधन गरेका थिए।

About Author

Advertisement