श्रमिक आवासगृहनिर्माणको निम्ति १४ करोड २४ लाख श्रम विभागबाट अनुमोदित

IMG-20240218-WA02141.jpg

श्रमिक भवन पहाडका सम्पूर्ण श्रमिकहरुलाई अर्पण गर्दछु: अनित थापा

सिलगढी: सिलगढीमा निर्माण हुने श्रमिक आवासगृहको निम्ति राज्य सरकारले १४ करोड २४ लाख रुपियाँ अनुमोदन गरेको छ। निर्माण कार्य शुरु गर्न रूपियाँ ३ करोड ५६ लाख (२५%) आवण्टन गरेको छ। आगामी ७ मार्चकाे दिन सिलगढीको दार्जीलिङ मोड नजिक १० कठ्ठा जमीनमा “श्रमिक आवासगृह”को विधिवत शिलान्यास हुनेछ। यो भवन पहाडका सम्पूर्ण श्रमिकहरुलाई अर्पण गर्दछु भनी जीटीए प्रमुख अनित थापाले बताएका छन्। उनले आज एक प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन् -‘पहाडका श्रमिकहरू सिलगढीमा उपचारको निम्ति आउँछन् , श्रमिकका नानीहरू परीक्षा दिनु आउँछन्। तर यहाँ आउँदा उनीहरूको निम्ति बस्नुको प्रबन्धन नै छैन। त्यो समस्या अब गोर्खा श्रमिक भवन निर्माण पश्चात रहने छैन। हाम्रो निरन्तर प्रयास अनि हामीले दिएको वचन अनुसार सिलगढीमा “श्रमिक आवासगृह”को निर्माण हुने भयो।
राज्य सरकारले हामीलाई दिएको वचन अनुसार सिलगढीमा निर्माण हुने “श्रमिक आवासगृह” को निम्ति राज्य सरकारले १४ करोड २४ लाख रुपियाँ पारित गरेको छ। निर्माण कार्य शुरु गर्न रू ३ करोड ५६ लाख (२५%) आबन्टन गरेको छ।
स्मरण रहोस् कोविडकालमा चिया श्रमिकहरुको सहयोगको निम्ति जीटीए चेयरम्यान कोषमा केही रकम जमा गरिएको थियो। कोविड कालमा चिया बगानले राहत थाप्नु पर्ने मर्का सहनु परेन। त्यसैले जीटीए सभामा राहतको पैसालाई श्रमिक भवन बनाउन प्रयोग गरिने प्रस्ताव लिइएको थियो। रकमको प्रयोगमाथि धेरै बहस पनि भयो। गत दसैँको समय सबैको परामर्शमा बन्द चियाबगानका श्रमिकहरुलाई हामीले त्यो राहतको कोषको रकम वितरण गरेका थियौँ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement