गान्तोक: किराँत खम्बु कुलुङ एसोसिएसन अफ कसक्किमको आकस्मिक सभा आज संघको केन्द्रीय कार्यालयमा सम्पन्न भयो। सभामा केन्द्रीय कार्यकारिणी सदस्यहरुको उपस्थिति रहेको थियो। सभा संघका अध्यक्ष एपी होङ्गेलु कुलुङ राईको अध्यक्षतामा भएको थियो। सभाले गत एक मार्चको दिन मल्लीमा सिक्किम सरकारका पूर्व ममन्त्री तथा सिक्किम विधानसभाका अध्यक्ष केएन राईमाथि भएको प्राणघातक हमलाको घोर विरोध गरेको छ। यस प्रकारको घटना हाम्रो सभ्य समाजमा अकल्पनीय र अस्वीकारनीय रहेको ठहर गर्दै सबो दोषीहरुलाई कठोरभन्दा कठोर कारवाही हुनुपर्ने आग्रह गरेको छ। सिक्किममा यस प्रकारको घटना फेरि दोहोरिन नदिन प्रशासनले प्रभावी पहल गर्ने भन्दै पीड़ित राईको शीघ्र स्वास्थ्य लाभको लागि प्रार्थना गरेको छ।










